Hilsa Yatayat

२६औं विश्व पानी दिवश सुर्खेतमा मनाइयो (फोटोफिचर)

सेरोफेरो
२६औं विश्व पानी दिवश सुर्खेतमा मनाइयो (फोटोफिचर)

८ चैत्र । हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवश सुर्खेतमा पनि मनाइएको छ । पानीका लागि प्रकृति जोगाऔं भन्ने मुल नाराका साथ यो दिवश मनाइएको हो । सुर्खेतमा पनि यो दिवशलाइ फरक रुपमा मनाइएको छ । हरेक वर्ष र्‍याली गर्ने गरिएकोमा यस वर्ष पानीको मुहानलाइ सफाइ गरेर यो दिवश मनाइएको हो ।

 

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजना तथा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ सुर्खेत र विभिन्न सरोकारवाला संघ संस्थाहरुको समन्वयमा वीरेन्द्रनगर ५ स्थित गणेशचौक नजिकको पानीको मुहान सफाइ गरि मनाइएको छ ।

 

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख एवम् डिवास सि सिका अध्यक्ष छविलाल सिग्देल लगायत विभिन्न सरकारी तथा गैससरकारी संस्थाका पदाधिकारीहरु र संचारकर्मीहरुको सहभागीतमा मुहान सफाइ गरि यो दिवशलाइ मनाइएको छ ।

हुर्नुहोस् फोटो :

2

3

5

6

7

 

 

 

२०७४ चैत्र ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्