Hilsa Yatayat

एसइइ दिने विद्यार्थीलाई सुझाव : एक मिनेट पनि महत्वपूर्ण

सीता वली/सुर्खेत
 एसइइ दिने विद्यार्थीलाई सुझाव : एक मिनेट पनि महत्वपूर्ण

८ चैत । विद्यालय शिक्षाको मुख्य गौंडो मानिने एसइइ परीक्षालाई विद्यार्थीहरुले विशेष महत्वका साथ हेर्छन् । २०७४ सालको एसइइ आजदेखि शुरु भएको छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका केही विद्यालयका विद्यार्थीसंग सेरोफेरोले कुराकानी गरेको छ । सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले विद्यार्थीलाई खुला दिमाग लिएर परीक्षामा जान आग्रह गरेका छन् । एसइइको तयारीबारे परीक्षार्थीको धारणा यस्तो छ ।

 

गणेश पाण्डे, सुर्खेत
उषा बालबाटिका माध्यामिक विद्यालय

ganesh

टेस्ट परीक्षामा प्रथम हुँदा कस्तो अनुभव भएको छ ?
–मेहेनत गरेपछि सफल भईंदो रैछ । एकदमै खुशी लागिरहेको छ ।

 

एसईई परीक्षाको तयारी कस्तो गर्नुभएको छ ?
– एकदम राम्रो छ । ए प्लस आउँछ भन्ने आशामा छु ।

 

कमजोर विद्यार्थीको लागि तपाईंको सुझाब के छ ?
– कक्षाकोठामा ध्यान दिएर पढ्नुपर्छ । मेहेनेत गरेर पढ्यो भने सफल भईन्छ ।

 

अनिल शाही, हुम्ला
अमरज्योती नमूना मावि नेवारे

anil

टेस्ट परीक्षामा प्रथम हुँदा कस्तो अनुभव भइहेको छ?
–खुशी लागिरहेको छ ।

 

एसइइ परीक्षाको तयारी कस्तो छ ?
– राम्रो छ । सोचेभन्दा राम्रो नतिजाको प्रतिक्षामा छु ।

 

कमजोर विद्यार्थीका लागि तपाईंको सुझाब के छ ?
– मेहेनत गर्न पछि पर्नहुँदैन सफलता आफै प्राप्त गर्न सकिन्छ ।

 

जनक गौतम, जाजरकोट
श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम

janak

टेस्टमा प्रथम हुँदा कस्तो अनुभव भईरहेको छ ?
–खुशी लागिरहेको छ । घर छोडेर तीन कक्षादेखि एक्लै भाडामा बसेर पढेको हुँ । अहिले सम्म असफल भएको छैन ।

 

एसइइ परीक्षाको तयारी कस्तो छ ?
–तयारी एकदमै राम्रो छ । नतिजा राम्रो ल्याउँछु । ए प्लस ल्याउने आशामा छु ।

 

कमजोर विद्यार्थीहरुलाई तपाईंको सुझाव के छ ?
– मेहेनेत नै ठूलो कुरा हो । एक मिनेट पनि महत्वपूर्ण छ । समय खेर नफालेर पढाईलाई ध्यान दिएपछि अवश्य सफल भइन्छ ।

 

बालचन्द्र विसी, जुम्ला
विद्याज्योती सहकारी बोर्डिङ् स्कूल

balchandra

टेस्ट परीक्षामा प्रथम हुँदा कस्तो अनुभव भइरहेको छ ?
–खुशी लागेको छ । घरभन्दा टाढा बसेरपनि सफलता मिलेको छ ।

 

एसइइ परीक्षाको तयारी कस्तो छ ?
– राम्रो छ । सधैंझैं यसपाली पनि राम्रो स्थान ल्याउँछु ।

 

कमजोर विद्यार्थीहरुलाई के भन्न चाहनुहुन्छ ?
– मेहेनत नगरे त कहिल्यै पनि कुनैपनि कुरामा सफलता प्राप्त हुँदैन । त्यसैले मेहेनेत गर्न सुझाव दिन्छु ।

 

२०७४ चैत ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्