Hilsa Yatayat

‘एमाले पहिलो दल’

‘एमाले पहिलो दल’

२८ बैशाख, सुर्खेत– स्थानीय तहको निर्वाचनमा नेकपा एमाले देशैभरी पहिलो हुने नेतृ शान्ता चौधरीले दाबी गरेकी छन् । वीरेन्द्रनगरमा बिहीबार आयोजित चुनावी सभामा बोल्दै चौधरीले उक्त कुरा बताएकी हुन् । स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा एमालेले बजारस्थित पीपल चौतारीमा सो सभा गरेको हो ।


नेकपा एमाले केन्द्रीय कमीटी सदस्य समेत रहेकी चौधरीले नेकपा एमाले जनताको मुटु भएको बताइन् । उनले भनिन् ‘एमाले श्रमजीवि तथा सर्वहारा वर्गको पार्टी हो । जनताको शास र आश पनि हो । यो जनताको मुटु हो ।’ एमालेले जनताको हितमा काम गर्ने भएकाले निर्वाचनमा नेकपा एमालेलाई नै भोट हाल्न पनि उनले आग्रह गरिन् ।

UML
कार्यक्रममा बोल्दै पोलिटव्युरो सदस्य यामलाल कँडेलले नेकपा एमालेले राष्ट्रघाती निर्णय नगर्ने बताएका छन् । उनले भने– ‘मुलुकको अखण्डता र सार्वभौमिकता जोगाउनको लागि नेकपा एमालेलाई भोट दिनुहोस् ।’


वीरेन्द्रनगर नगरपालिकाका मेयरका उम्मेदवार बालाराम शर्माले नेकपा एमाले राष्ट्रियताको पक्षमा बोल्ने र काम गर्ने भएकोले आफ्नो पार्टीलाई भोट दिन आग्रह गरे । यसैगरी उपमेयर मोहनमाया ढकालले राज्यले महिलालाई दोस्रो दर्जाको रुपमा हेरेको तर नेकपा एमालेले महिलालाई अग्रस्थानमा राखेकोले जनताको प्यारो पार्टी बनेको बताएकी छन् ।

 

२०७४ बैशाख २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्