Hilsa Yatayat

बुद्ध एयरको परिक्षण उडान सफल : अव सुर्खेत काठमाडौ सिधा उडान हुने (फोटोफिचर)

सेरोफेरो
बुद्ध एयरको परिक्षण उडान सफल : अव सुर्खेत काठमाडौ सिधा उडान हुने (फोटोफिचर)

२१ चैत्र । बुद्ध एयरले काठमाडौ देखि सुर्खेतसम्म परिक्षण उडान गरेको छ । बुधवार विहान करिव ९ः४० बजे बुद्ध एयरको 9N-AIN ४७ सिट क्षमताको विमान काठमाडौ वाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परिक्षण उडान गरेको छ । क्याप्टेन रञ्जनकुमार शर्मा र एजि शेर्पाले जहाजको परिक्षण उडान गरेका हुन् ।

 

पत्रकार संग कुरा गर्दे क्याप्टेन रञ्जनकुमार शर्माले उडान गर्न प्राविधिक रुपमा ठिक भएको र कुनै पनि समस्या नरहेको प्रतिक्रिया दिए । 'एयरपोर्ट र धावनमार्गका कारण यो जहाज उडान गर्न कुनै समस्या छैन' ।


एयरलाइनका एचआर प्रमुख खगेन्द्र बस्नेतले न्युनतम ६५०० देखि १०५०० सम्म भाडादर रहने जानकारी दिए । उनले भने 'आजको हाम्रो उडान परिक्षण उडान हो यो सफल भएको छ अव कर्णाली प्रदेशको राजधानी वाट काठमाडौ दैनिक एउटा उडान हुन्छ।'

 

यात्रुहरुको मागअनुसार दैनिक २ देखि ३ वटा सम्म पनि उडान गर्न सकिने बस्नेतले जनाए । परिक्षण उडानमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, आन्तरीक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल र भौतिक पुर्वाधार विकास मन्त्री खड्क बहादुर खत्रीले क्याप्टेन लगायत एयरलाइनका सम्पुर्ण कर्मचारीहरुलाइ स्वागत गरेका छन् ।

 

सुर्खेतवाट हिमाली जिल्लाहरुमा नियमित उडान भने भइरहेको छ । ४७ सिटको विमान हेर्न सयौको संख्यामा नागरिकहरुको उपस्थिती थियो । यहाँका नागरिकहरु नेपालगंज एयरपोर्टबाट काठमाडौ जानुपर्ने बाध्यता छ ।
हेर्नुहोस् फोटोहरु

Budha 7

Budha 1

Budha 2

Budha 3

Budha 8

Budha 6

Budha 4

Budha 5

 

२०७४ चैत्र २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्