Tiwari Bhada Pasal

'फास्ट ट्रयाक' संसद

गणेश वली/सेरोफेरो
'फास्ट ट्रयाक' संसद

२३ चैत्र । कर्णाली प्रदेशको संसद बैठक नौ पटक बसेको सभामुख राजबहादुर शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । कर्णाली प्रदेश सभाको पहिलो बैठक माघ २१ गते बसेको थियो । संसदले अन्य प्रदेशको दाँजोमा धेरै विषयहरु टुङ्ग्याएको छ । प्रदेशसभाले प्रदेशको नाम तथा राजधानी बहुमतले पारित गरेको थियो । ।

 

सभामुख शाहीले अहिलेसम्म संसदले नौ वटा विभिन्न बैठकहरु सम्पन्न गरेको जानकारी दिए । उनले प्रदेश सभाको पहिलो वैठकबाट प्रदेशसभा अन्तरिम कार्यविधि पारीत र सभामुखको निर्वाचनको मिति तोक्ने, दोश्रो वैठकमा सभामुख चयन र उपसभामुखको निर्वाचनको सूचना प्रकाशित, तेस्रो बैठकले पुष्पा घर्तीलाई उपसभामुख निर्वाचित गरेको, चौथो वैठकले प्रदेश सभाको नामाकरण गरेर ‘कर्णाली प्रदेश’ र स्थायी राजधानी ‘सुर्खेत’ सर्वसम्मत तोकेको जानकारी गराए ।


यस्तै, प्रदेशसभाको पाँचौं वैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदवाट विश्वासको मत प्राप्त गरेको, छैठौं बैठकमा कार्य व्यवस्था परामर्श समितिको गठन भएको घोषणा गर्नुका साथै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक सम्वन्धि प्रस्ताव र सांसद सीता नेपालीद्धारा प्रदेश सभा नियमावली सम्बन्धी मस्यौदाको प्रस्ताव पेश भएको जनाए । सभामुख शाहीले प्रदेश सभाको सातौं र आठौं वैठकले प्रदेश सभा नियमावली सर्वसम्मत पास भएको र नवौं वैठकले आर्थिक कार्यविधि विधेयक २०७४ सर्वसम्मतिले पास गरेको बताए ।

Karnali 1

Karnali 2

Karnali 3

Karnali 4

Karnali 5

Karnali 6

‘हामीले अहिलेसम्म यी निर्णयहरु गर्न ११ पटक संसदीय दलको वैठक बसालेका छौं । उनले भने ‘हरेक विषयमा गहन रुपमा छलफल हुने र त्यसलाई सहमतिमा लगेर हामीले संसदमा पास गर्दै आएका छौं ।' सभामुख शाहीले आगामी दिनमा पनि सहमति र सहकार्यका माध्यमबाट अघि बढ्ने बताउँदै देश बनाउन सञ्चारकर्मीको महतवपूर्ण भूमिका हुने बताए । ‘हामी सभामुख, मन्त्री या सांसदले चाहेर मात्रै देश समृद्ध बन्दैन, हामी मन्त्री या सांसदले चाहेर मात्रै यो व्यवस्था सफल हुदैन ।' उनले भने ‘यसकालागि सञ्चारकर्मी, जनसमुदाय सबैको साथ र सहयोगको आवश्यकता छ, अन्यथा यो व्यवस्था नै फेल हुनसक्छ ।'

 

सभामुख शाहीले कर्णाली प्रदेशका पत्रकारले नयाँ भएपनि संसदीय पत्रकारितालाई राम्रोसँग गर्न सकेकोमा प्रशंसा गरे । ‘हामी असाध्यै खुशी छौं । यहाँहरुले सञ्चारमाध्यमबाट हामीले गरेका काम कारवाहीहरु देश तथा विदेशमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेकोमा यहाँहरुलाई धन्यवाद दिन चाहन्छौं । सभामुखले भने, ‘आगामी दिनमा पनि यहाँहरुबाट यस्तै अपेक्षा गर्दछौं ।’


सभामुख शाहीले केन्द्रमा संसदीय रिर्पोटिङ गरिरहेका पत्रकारलाई बोलाएर संसदीय रिर्पोटिङमा कर्णालीका पत्रकारलाई अब्बल बनाउने जानकारी दिए । ‘केहि समयमा नै हामी संघीय संसदको रिर्पोटिङ गर्ने पत्रकारलाई बोलाउनेछौं ।’ सभामुख शाहीले भने, ‘पत्रकारलाई संसदीय रिर्पोटिङमा दक्ष बनाई व्यावसाियक पत्रकार बनाउन सचिवालयले सहयोग गर्नेछ ।’


पत्रकार सम्मेलनमा प्रदेश सभाका सचिव राजेश पौडयालले प्रदेश सभा भवनलाई थप मिडियामैत्री बनाउने बताए । ‘अहिले हामीसँग स्थान अभाव छ ।’ उनले भने, ‘नयाँ भवनमा सर्ने बित्तिकै हामी यहाँहरुले चाहेजस्तो तर विधि र विधानले निर्दिष्ट गरेबमोजिम स्थान उपलब्ध गराउने छौं ।’ सचिव पौडेलले नयाँ संसद भवनमा सर्न अझै डेढ महिना लाग्ने तथा सचिवालय भने बैषाख १ मा सारिने जानकारी दिए ।

 

स्थाइ संसद भवनको लागि शैक्षिक तालिम केन्द्रमा तिव्र रुपमा तयारीको काम भइरहेको छ । हेर्नुहोस् फोटोहरु

1

2_1

3_1

4

5_1

 

 

२०७४ चैत्र २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्