Tiwari Bhada Pasal

प्रधानमन्त्री ओली बने कर्णाली पर्यटन वर्षको पहिलो पर्यटक (फोटो फिचर)

गणेश ओली/सेरोफेरो
प्रधानमन्त्री ओली बने कर्णाली पर्यटन वर्षको पहिलो पर्यटक (फोटो फिचर)

३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली-रारा पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक बनेको बताएका छन् । कर्णाली-रारा पर्यटन वर्ष २०७५ को मुगुको रारामा उद्घाटन गर्दे उनले सो कुरा बताएका हुन् । नेपालको ठुलो तथा रमणीय ताल राराबाट पर्यटन वर्षको शुरुवात भएको छ ।

 

कर्णाली सरकारले वर्ष २०७५ लाइ पर्यटन वर्षको रुपमा मनाउने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले रारा तालमा बोटिङ् समेत गरेका छन् । उनको साथमा पत्नी राधिका शाक्य, रक्षामन्त्री इश्वर पोख्रेल, पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी लगायत विशिष्ट व्यक्तिहरुले पर्यटकको रुपमा तालमा सवार गरेका हुन् । पुरा एक दिन रारामा समय बिताएका ओलीले नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा संबोधन समेत राराबाट गरेका छन् । जो नेपालको इतिहासमा पहिलो हो । उनले हुम्लाको हिल्सा नाकाको समेत अवलोकन गरेका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन् । मुगुको मुगुम कार्मारोंग गाउ“पालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छात्रा थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरेका हुन् । २०६८ साल चैत १९ गते जन्मेकी तामाङलाई बुद्ध मावि मांग्रीमा विद्यालय भर्ना गरिएको छ । छात्राको अभिभावकत्व ग्रहण पुस्तिकामा हस्ताक्षर गरी प्रधानमन्त्रीले तामाङलाई पोशाक र पुस्तक प्रदान गरेका छन् ।


प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरिदिएकी थिइन् । शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरेकी छन् । छेरिङ २०६७ माघ १७ गते जन्मिएकी हुन् ।


समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सरकारका मन्त्रीहरु तथा प्रदेशसभा सदस्यहरुको उपस्थिती थियो । उक्त अवसरमा हजारौ स्वदेशी तथा विदेशी नागरीक तथा पत्रकारहरुको सहभागीता थियो । 
हेर्नुहोस् फोटोहरु :

RARA 1

RARA 2

RARA 3

RARA 4

RARA 5

RARA 6

RARA 7

RARA 8

२०७५ बैशाख ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्