Tiwari Bhada Pasal

देउतीबज्यैको स्तरोन्नती तिव्र गतिमा हुँदै : सवैलाइ एक रुपैयाँ दान गर्न आग्रह

सिता वली/सुर्खेत
देउतीबज्यैको स्तरोन्नती तिव्र गतिमा हुँदै : सवैलाइ एक रुपैयाँ दान गर्न आग्रह

५ बैशाख । यहि बैशाख ७ देखि १५ गते सम्म देउतीबज्यै मन्दिरमा धनधान्य महायज्ञ सञ्चालन हुंदैछ । देउतीबज्यैको विकास तथा स्तरोन्नतीका लागी देउतीबज्यै पुर्वाधार समिति गढन गरी कार्यसमेत अगाडि बढेको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी समितिले मन्दिर विकासका लागी सबैले सहयोग गर्न आग्रह गरेको छ । देउतीबज्यै मन्दिर विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले एक रुपैयाँ भएपनी देउतीबज्यैका नाममा दान गर्न सबैलाई आग्रह गरेका छन् ।


उनले भने ‘देउतीमन्दिर आम सुर्खेतीको मात्र नभइ कर्णाली प्रदेशको शान हो । भक्तजनको एक रुपैयां सहयोग पनि मन्दिरनिर्माणको लागी ठुलो राहत हुन्छ ।’ पञ्चवर्षीय गुरुयोजना निर्माण गरी समितिले महिला पुरुष गरी १० वटा शौचालय निर्माण, ४ वटा स्नान गृह, सानाठुला गरी करिब ४ सय गाडि अटाउने पार्किङ् स्थल, मन्दिर नजिकै रहेको खोलामा बाँध निर्माण लगाएतका भौतिक पुर्वाधारको निर्माण समेत तिव्ररुपमा अगाडि बढाएको छ ।


महायज्ञ सञ्चालनबाट उठेको रकमले मन्दिरको निर्माणमा केहि राहत भएपनि उक्त रकमले मात्रै नपुग्ने र त्यसको लागी दाताहरुको सहयोगको आवश्यकता भएको समेत संयोजक गिरीले बताए । हालसम्म विभिन्न दाताबाट करिब साढे ५ लाख रकम सङ्कलन भईसकेको समेत उनले बताए । ८ लाख नगद र भौतिक निर्माण समेतको प्रतिवद्धता दाताहरुले गरेका छन् । करिब ५ करोडको अनुमानित बजेटमा मन्दिरको पुर्वाधार विकास गर्ने योजना छ ।


हिन्दुधर्मअनुसार बास्तु नमिलायर पुजा गरिदै आएको देउतीबज्यै मन्दिरमा बास्तु अनुसार पुजा गर्ने वातावरण समेत मिलाइने संयोजक गिरीले जानकारी दिए । करिब साढे १३ कट्टा जमीन ओगटेको देउतीबज्यै मन्दिरमा सञ्चालन हुने महायज्ञको उद्घाटन यही बैशाख ७ गते दिउसो १ बजे हुने बताइएको छ ।

यो पनि पढ्नुहोस्

देउतीबज्यै मन्दिर सुधारका लागी महायज्ञ संचालन हुने

२०७५ बैशाख ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्