Hilsa Yatayat

अल्छी पाराले समृद्धि सम्भव छैन : मुख्यमन्त्री शाही

सेरोफेरो

५ बैशाख । अल्छी पाराले समृद्धि सम्भव नभएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । मुख्यमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला कालिकोटको पचालझरणा पुगेका शाहीले सवै जनता कुनै न कुनै उत्पादनको काममा लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री शाहीले अल्क्षी प्रवृत्तिले समृद्धिको सपना पुरा नहुने वताउदै सवै जनता उत्पादनमा लाग्नुपर्ने आवश्यकता औंल्याए ।

 

पचालझरणा पर्यटन तथा साँस्कृतिक महोत्सवको समापन कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले भने–‘अहिले सम्म हामी अर्काका भरमा बाँच्यौं, अव कर्णालीको प्राकृतिक श्रोतलाई प्रयोग गरेर आत्मनिर्भर बन्नुपर्छ’ ।

 

पर्यटन र कृषि मार्फत कर्णालीलाई समृद्ध र आत्मनिर्भर बनाउने योजना सरकारले लिएको बताउदै मुख्यमन्त्री शाहीले आगामी वजेटमा समेत विशेष व्यवस्था गर्ने बताए । उत्पादनमुलक कामका लागि सरकारले विशेष अनुदानको व्यवस्था गर्ने समेत मुख्यमन्त्री भनाई छ ।

 

राज्यसत्ताले गरेको विभेदको अन्त्यका लागि कर्णालीले आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै मुख्यमन्त्री शाहीले अव विकास र समृद्धिको नेतृत्व लिने बताए । मतदाताहरुको विश्वासका कारण कर्णाली प्रदेशको नेतृत्व गर्ने अवसर आफुले प्राप्त गरेको बताउदै उनले जनताको समृद्धिको सपना पुरा गर्न आफु प्रतिवद्ध रहेको बताए ।

 

पहिलो पटक गृहक्षेत्र पुगेका मुख्यमन्त्री शाही आज स्थानियवासीसंग पचालझरणामै वस्ने कार्यक्रम रहेको छ ।

२०७५ बैशाख ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्