Hilsa Yatayat

गंगामाला देउतीबज्यै धनधान्याञ्चल महायज्ञको उद्घाटन

सेरोफेरो
गंगामाला देउतीबज्यै धनधान्याञ्चल महायज्ञको उद्घाटन

७ बैशाख । गंगामाला देउतीबज्यै धनधान्याञ्चल विराट महायज्ञ २०७५ को शुक्रबार वीरेन्द्रनगरमा उद्घाटन भएको छ । कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले महायज्ञको उद्घाटन गरेका हुन् । देउतीबज्यै मन्दिरको पुर्वाधार विकासका लागी सञ्चालन गरिएको महायज्ञ नौ दिनसम्म चल्ले छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख खनालले देउती बज्यै पुर्वाधार विकास समितिले गर्न लागेको कामलाई प्रशंसा गर्दै अन्य जिल्लाले समेत यसबाट सिक्नुपर्ने बताएका छन् ।


सुर्खेतमा थुप्रै धार्मीक पर्यटकीय स्थलहरु छन् जो अपरिचित छन् । तिनलाई समेत चिनाउनको लागी सबैले पहल गर्नुपर्छ । उनले भने ‘सुर्खेतका लाटिकोईली, सिद्धापाईला जस्ता धार्मीक स्थलहरु पहिचान पर्खीरहेका छन् । तिनलाई समेत सबै मीलेर चिनाउनु पर्छ ।’


त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै देउतीबज्यै पुर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले सुर्खेतको शानको रुपमा रहेको गंगामाला देउतीबज्यै मन्दिरको पुर्वाधार विकासका लागी सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले भने ‘देउतीबज्यै मन्दिर आम सुर्खेतीको शान हो यसलाई धार्मीक तथा पर्यटकिय स्थलका रुपमा चिनाउनको लागी सबैले पहल गर्नु जरुरी छ ।’


महायज्ञ सञ्चालनका लागी करिब १२ लाख खर्च हुने अनुमान गरिएको जानकारी समेत संयोजक गिरीले दिएका छन् । पञ्चवर्षीय योजना अन्र्तगत पुर्वाधार विकास समितीले देउतीबज्यै मन्दिरमा स्नानगृह, विश्रामगृह, गाडी पार्कीङ् स्थल, यज्ञशाला निर्माण, मन्दिर नजिकको खोलामा तारजाली, खानेपानीको व्यवस्था, शौचालयको व्यवस्था, श्रद्धाञ्जली स्थलको निर्माण लगाएतका थुप्रै कार्यहरु गर्ने विकास समीतिका संयोजक गिरीले जानकारी दिए ।

 

२०७५ बैशाख ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्