Rara Pharmacy

अबैध रुपमा यार्सागुम्बा संकलन गर्ने ७ जना डोल्पाको कागमाराबाट पक्राउ

रुपलाल बोहोरा/डोल्पा
अबैध रुपमा यार्सागुम्बा संकलन गर्ने ७ जना डोल्पाको कागमाराबाट पक्राउ

११ बैशाख । अबैध रुपमा यार्सागुम्बा संकलन मा गएका २ जना महिला सहित ७ जना संकलन कर्ताहरु कागमारा को पाटन बाट पक्राउ परेका छन् । तोईजोम पोष्टबाट गएको राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायको संयुक्त टोलीले बैशाख ९ गते राती १२ बजे जगदुल्ला गाउँपालिका अन्र्तगत पर्ने कागमारा पाटनबाट जुम्ला गुठीचौर गाउँपालिकाका पबित्रा बस्नेत, संगिता बस्नेत ,सुर्य बस्नेत, चन्द्र बस्नेत, युवराज बस्नेतलाइ पक्राउ गरेको छ ।

 

यसैगरी जगदुल्ला गाउँपालिका डोल्पा छाचुँ ४ का युवराज बुढा, मुड्कचुला गाउँपालिका ८ ओक्टका ओम बहादुर रोकाया सहीतका ७ जना पक्राउ मा परेका छन् । पक्राउ परेका हरु सबैलाई राष्टिय निकुञ्जले मंगलबार ५ बजे राष्ट्रिय निकुञ्ज को कार्यालय सुलिगार्ड पुर्‍यायको छ । नियन्त्रणमा परेका सबैको थप अनुसन्धान भैरहेको राष्ट्रिय निकुञ्जको कार्यालय सुलीगार्डले जानकारी दिएको छ ।


गत बर्ष भन्दा यो बर्षमा निकुञ्ज कार्यालयमा कर्मचारी प्रयाप्त भएकाले सुरक्षा निकाय र स्थानिय तह संग सहकार्य गरी पाटनमा कडाइ गरिने शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरी ले जानकारी दिए ।

 

उनले भने 'यो बर्षमा सुरक्षा निकाय र राष्ट्रिय निकुञ्जका कर्मचारी सबै पोष्टहरुमा पुगी सकेको र स्थानिय तहका पदाधिकारी हरुले पनि बाहिर सिमाना सम्म सहयोग भएकाले अवैध रुपमा जडिवुटी संकलनमा कमी आउने छ ।' 

२०७५ बैशाख ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्