Hilsa Yatayat

आर्थिक समृद्धिको नारा सहित जुम्लामा औद्योगिक व्यापार महोत्सव शुरु

शुभाकर विश्वकर्मा/जुम्ला
आर्थिक समृद्धिको नारा सहित जुम्लामा औद्योगिक व्यापार महोत्सव शुरु

१३ बैशाख । उद्योग वाणिज्य संघ जुम्लाले पहिलो पटक प्रादेशिक कृषि पर्यटन तथा औधोगिक व्यापार महोत्सव विहिवार देखि शुरु गरेको छ । 'कृषि पर्यटन उद्योग व्यापार, पुर्वाधार, जुम्ला विकासको मुल आधार' भन्ने मुल नाराका साथ महोत्सव शुरु भएको हो । प्रतिनिधि सभा सदस्य गजेन्द्र वहादुर महतले महोत्सवको उद्घाटन गरेका छन् ।

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जुम्ला महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेपछि उपस्थित हुन नसकेपछि महतले उद्घाटन गरेका हुन् । उनले यो महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने वताए । महतले भने कर्णाली प्रदेश जल, जंगल र जडिबुटीको धनी मानिन्छ तर सहि रुपमा सदुपयोग नहुदा विपन्नताको उपमाले परिचय कमाएको छ ।

 

अव यो महोत्सवले स्थानीय उत्पादनको वजारीकरण र संरक्षणमा जोड दिने उनले बताए । कर्णालीको आर्थिक, सामाजिक, संस्कृतिक र प्राकृतिक सौन्दर्यलाई हरण हुन नदिनको लागि प्रचार प्रसार गर्नुपर्ने उनको भनाई छ ।

 

पुर्व पर्यटन राज्यमन्त्री वलवहादुर महतले पर्यटनको विकासले कर्णालीको समृद्धिको आधारशिला खडा गर्ने देखिसकेको वताउदै आगामी दिनमा पर्यटकमैत्री क्रियाकलापमा जोड दिए ।

 

महतले यहाँको पर्यटन प्रवद्र्धन गर्न सके समृद्ध कर्णाली प्रदेश वनाउन सकिने बताए । पुर्व पशुपन्छी राज्यमन्त्री गोमा कुँवरले संघिय र प्रादेशिक सरकारले कर्णाली क्षेत्रमा रहेका सवै प्रकारका सम्पदा र संस्कृतिलाइ संरक्षणमा जोड दिईन् । महोत्सव १० दिन सम्म चल्ने छ । महोत्सवमा विभिन्न ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

२०७५ बैशाख १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्