Hilsa Yatayat

आमाबाबुको मृत्यु भएको चार वर्ष पछी पनि बच्चा जन्मियो

एजेन्सी
आमाबाबुको मृत्यु भएको चार वर्ष पछी पनि बच्चा जन्मियो

एउटा बच्चा आफ्ना आमाबाबुको मृत्यु भएको चार बर्षपछि जन्मिएला ? यसो भन्दा पत्यार नलाग्न सक्छ । तर यो चीनको सत्य घटना हो ।

 

चिनीयाँ मिडियाका अनुसार बच्चा जन्मिदा आमाबाबुको एउटा सडक दुर्घटनामा मृत्यु भइसकेको थियो । सन् २०१३ मा मृत्यु भएका ती दम्पत्तीले पहिले नै आफ्नो भु्रण सुरक्षित राखेका थिए । उनीहरु चाहन्थे कि आइभीएफ प्रविधिका माध्यमबाट उनीहरुको बच्चा यस धर्तीमा जन्म लिन सकोस् । जसबाट चार बर्षपछि सेरोगेट आमा मार्फतबाट उक्त बच्चाको जन्म भएको हो ।

 

दुर्घटनापछि दम्पत्तिका आमाबाबुले भु्रणको प्रयोगका लागि अनुमति लिन निकै लामो कानुनी लडाई लडेका थिए । दक्षिण एसियाको लाओस देशकी एउटी सेरोगेट आमाले उक्त बच्चालाई जन्म दिएकी हुन् ।

 

कानुनी मुद्दा जितेपछि हजुरबा, हजुरआमालाई उक्त बच्चामाथि अधिकार मिलेको हो ।

२०७५ जेठ ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्