Hilsa Yatayat

कर्णाली सरकारले ल्यायो २८ अर्बको बजेट, पुर्वाधार, सडक र कृषिलाई प्राथमिकता (पूर्णपाठ सहित)

सेरोफेरो
कर्णाली सरकारले ल्यायो २८ अर्बको बजेट, पुर्वाधार, सडक र कृषिलाई प्राथमिकता (पूर्णपाठ सहित)

१ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले कुल २८ अर्ब २८ करोड २८ लाख २८ हजार बरावको बजेट विनीयोजन गरिएको छ । शुक्रबार आर्थीक मामीला तथा योजना मन्त्री प्रकाशज्वालाले संसदमा चालु तर्फ ६ अर्ब, ६३ करोड ८४ लाख ८५ हजार रुपैयां तथा पुजींगत तर्फ २१ अर्ब, २४ करोड ४३ लाख ४३ हजार  र वित्तीय व्यवस्थापन तर्फ रु. ४० करोड बजेट पेश गरेका छन् ।

 

आर्थिक मामिला मन्त्री ज्वालाले आर्थिक तथा सामाजिक असमानता र विभेदको अन्त्य गर्दै समृद्धि हासिल गर्ने, सहज जीवनयापन र आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधारको विकास गर्ने, मानव अधिकार संरक्षण तथा सामाजिक न्यायको प्रबद्र्धन गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा नागरिकको सहज पहुँच स्थापित गरी दक्ष जनशक्ति उत्पादन एवं प्रभावकारी रुपमा परिचालन गर्ने बजेटको मुलभुत विशेषता रहेको जनाएका छन् ।

 

उनले बजेट प्रस्तुत गर्दे कृषिको व्यावसायीकरण, विविधीकरण तथा आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि एवं खाद्य सुरक्षा सुनिश्चित गर्दै आत्मनिर्भरतातर्फ उन्मुख हुने, पर्यावरणमैत्री र प्राङ्गारिक प्रदेशको रुपमा विकास गर्ने, भ्रष्टाचार नियन्त्रण, जनमुखी प्रशासन र सुशासन कायम गर्ने जस्ता विषयहरु बजेटको उद्देश्य रहेको जिकीर गरे ।
बजेटमा पूर्वाधार, सडक र कृषिलाइ बजेटले विशेष प्राथमिकता दिएको छ ।

बजेटको पूर्णपाठ हेर्नुहोस् (PDF)

बजेट-२०७५-०७६-कर्णाली-प्रदेश

२०७५ आसार १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्