Tiwari Bhada Pasal

तीन दिने मन्टेश्वरी तालिम सुरु

सिता वली/सुर्खेत
तीन दिने मन्टेश्वरी तालिम सुरु

२ असार । बालविकासका सहयोगी कार्यकर्ता र प्राथामिक तहका शिक्षकहरुको लागि तीन दिने मन्टेश्वरी तालिम आजदेखि सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका ११ को सहयोगमा शिव माध्यामीक विद्यालय धुलियाविटको आयोजनामा उक्त तालिम सुरु भएको हो ।

 

सामुदायिक विद्यालयहरुमा मन्टेश्वरी विधिबाट शिक्षण सिकाईलाई अघि बढाउनका लागि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का १२ बाल विकास केन्द्र, पाँच वटा विद्यालय कक्षा १,२,३ का शिक्षक र दुई वटा बाल सुलभ कक्षाका ३१ जना शिक्षक र सहयोगी कार्यकर्तालाई तालिम दिइएको छ ।


तालिमको उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख देवकुमार सुवेदीले विद्यालयले मन्टेश्वरी तालिमको आयोजना गरेर नमुना काम गरेको बताएका छन् । चाहे भने विद्यालयले गर्न सक्छन् भन्ने उदाहरण यस तालिमको आयोजना गरेर देखाएको भन्दै यस्तो नमुना कार्य गर्ने विद्यालयलाई नगरपालिकाले प्रोत्साहन गर्ने बताएका छन् । 


विद्यालयका प्राध्यानाध्यापक पूर्णप्रसाद पौडेलले वडाका सबै विद्यालयहरुमा मन्टेश्वरी विधिबाट पढाउनका लागि यस तालिम उपलब्धीमुलक हुने बताएका छन् । तालिममा प्रशिक्षकको रुपमा प्रतिक्षा मन्टेश्वरीकी प्रिन्सिपल प्रतिमा मल्लाह रहेकी छन् ।


तालिमको उद्घाटन सत्रमा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख गजेन्द्रकुमार विसी र वीरेन्द्रनगर वडा नम्बर ११ का वडा अध्यक्ष नन्दलाल शर्मालगायतको उपस्थिती रहेको थियो ।

२०७५ असार २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्