Hilsa Yatayat

दैलेखमा सुरक्षा सतर्कता

बेलुकी सात देखि बिहान पाँच बजे सम्म विजय जुलुस वा र्‍याली नगर्न सबैलाई अनुरोध । सञ्चार माध्यमहरुमा सार्वजनिक भएजस्तो निषेधाज्ञा जारी गरिएको होइन ।

सेरोफेरो

२ जेठ, दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले बेलुकी सातदेखि बिहान पाँच बजे सम्म विजय जुलुस वा र्‍याली नगर्न सबैलाई अनुरोध गरेको छ । सोमबार जिल्ला प्रशासनले माइकिङ गरी उक्त अनुरोध सार्वजनिक गरेको हो ।

 

नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु बीच तनाब सिर्जना भएपछि अप्रिय घटना रोक्न सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । दुलालले सेरोफेरोसंग भने– ‘थप तनाव सिर्जना नहोस् भन्ने हेतुले हामीले उक्त सतर्कता अपनाएका हौं । सञ्चार माध्यमहरुमा सार्वजनिक भएजस्तो निषेधाज्ञा जारी गरिएको होइन ।’ मिडियामा सूचनालाई तोडमोड गरी निषेधाज्ञा जारी गरिएको भन्ने समाचारप्रति उनले आपत्ति जनाए । उनले भने– ‘हामीले सुरक्षा सर्तकता अपनाएर सर्वसाधरणलाइ जानकारी मात्र गराएका हौ, निषेधाज्ञा होइन ।’

 

अवस्था असहज भएमा मात्र निषेधाज्ञा वा कर्फ्यु लगाउन सकिने भन्दै सबैलाइ संयमता अपनाउन पनि उनले अनुरोध गरे ।

 

२०७४ जेठ २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्