Hilsa Yatayat

वीरेन्द्रनगरमा शैक्षिक मेला

वीरेन्द्रनगरमा शैक्षिक मेला

९, असार । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार देखि शैक्षिक मेला शुरु भएको छ ।


दुईदिन सम्म चल्ने मेलामा विभिन्न शैक्षिक स्टलहरु राखीएको छ । २२ वटा स्टल रहेको मेलामा अवलोकनका लागी कर्णालीका विकट जिल्लाका विद्यार्थी सअ‍ेन आएको आयोजकले जानकारी दिएको छ ।


सहारा एजुकेशन अफ सुर्खेत र बि.वान् गु्रप अफ कम्पनीको आयोजनामा सञ्चालन भएको मेलाको उद्घाटन सामाजिक विकास मन्त्री दल रावलले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रावलले कर्णाली प्रदेश शिक्षाका क्षेत्रमा निकै पछाडि भएकोले यस्ता खालका शैक्षिक मेलाले सकारात्मक शन्देश दिने बताएका छन् ।


रावलले भने ‘हामी नेपालीको बानी विदेशमा शिक्षा ग्रहण गर्न जाने तर नेपालमा नफर्कने छ । जसले गर्दा नेपालमा शैक्षिक वृद्धि हुन सकेको छैन ।’ गुणस्तरिय शिक्षा जहां गएर पनि लिन सकिने भन्दै उनले शिक्षा प्राप्त गरेपछि आफ्नो जन्मभुमीमा फर्कन जान्नु पर्ने बताए । ’


त्यस्तै कार्यक्रममा बोल्दै आयोजक समितिका संयोजक प्रेम सापकोटाले सम्पुर्ण विधाका विद्यार्थीहरुको जमघट तथा ज्ञान आदानप्रदानका लागी शैक्षिक मेलाको आयोजना गरिएको धारणा राखे ।

सुर्खेत ९, असार मा प्रकाशित

प्रतिकृया दिनुहोस्