Tiwari Bhada Pasal

वीरेन्द्रनगरमा खुलेआम यौन धन्दा, को–को परे प्रहरीको फन्दामा ?

सेरोफेरो/सुर्खेत
वीरेन्द्रनगरमा खुलेआम यौन धन्दा, को–को परे प्रहरीको फन्दामा ?

तस्बिर:गुगल

१२ असार । नेपालगंजका बब्लु नाम बताउने व्यापारी चार वर्ष अघि देखि श्रीमति भनेर एक महिलासंग धेरै पटक सुर्खेतका होटलमा रात बिताएका छन् ।


करिब ४५ वर्षका बब्लु सोमबार पनि ती महिलासंग जुम्लारोडमा रहेको अशोका होटलको ३ सय दश नम्मरको कोठामा बसे । वीरेन्द्रनगरको विभिन्न हार्डवयरमा सामान ‘सप्लाई’ गर्ने उनी प्राय अशोकामा बस्ने गरेको बताउँदै आएका छन् ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष टोलिले सोमबार राति ११ बजे गरेको केरकारमा उनको जोडी समातियो । होटलमा श्रीमति भनिएकी ती महिला प्रहरीको सोधपुछमा कान्छि श्रीमति बनिन् । प्रहरीले ससुराको नाम सोध्दा बताउन नसकेपछी जोडीमाथी थप शंका गर्‍यो ।


सामान खानतलासमा परिवार नियोजनको अस्थायी साधन ढाल भेट्टीयो । त्यसपछी प्रहरीले जेठी श्रीमतिसंग फोनमा सोध्यो ‘तपाइको सौता छ ?’ उताबाट छैन भन्ने जवाफ आएपछी जोडीलाई कोठा बाहिर निकाल्न खोज्यो ।


प्रहरीलाई केही नगद दिएर घटना मिलाउने प्रस्ताव गरेपछि प्रहरी इन्स्पेक्टर शंकर श्रेष्ठले बब्लुलाई तीन थप्पड लगाए । ‘एक डेढ लाख रुपैंया छ । यहि दिएर भएपनि कुरा मिलाउनु पर्‍यो’ भन्दै बजारका केही व्यापारीलाई फोन गरेपछि उनीहरु आएर प्रहरीलाई मनाउन खोजेको स्रोतले बतायो ।


होटलको रिसेप्सन र कार्यक्रम हलमा विश्वकप हेरीरहेका मध्ये केही यो घटनाका साक्षि भए । उक्त होटलमा काम गर्ने महिला कामदारलाई पनि प्रहरीले यौन व्यसायीको नजरले धेरै समय केरकार गर्‍यो । एक कामदारले भने ‘केरकारको नाममा प्रहरीले बहिनीलाई यातना दियो ।’


यसरी गरिएको केरकारमा गय राति २ जना होटल संचालक र यौनकर्ममा संलग्न अन्य गरी १३ जनालाई पक्राउ परे । जुम्ला सडक खण्डका अशोका, कर्णाली, श्रीस्थान होटलबाट एक एक जोडी पक्राउ परे । यसैगरी नौलो होटलबाट ३ जना र नाम नराखि यौन धन्दा चलाइरहेको एक स्थानबाट २ जना महिला यौनकर्मी पक्राउ परेका थिए ।


पक्राउ परेका सबैलाई सम्झाएर एक पटकलाई माफि दिइ तारिख खेप्नुपर्ने गरी घर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अबका दिनमा गैर कानूनी रुपमा यौन धन्दामा संलग्न भएको पाइए मुद्दा चलाइने इन्स्पेक्टर श्रेष्ठले चेतावनी दिए ।


श्रेष्ठका अनुसार सुर्खेतको सामाजिक विकृति मध्येको मुख्य समस्यामा रहेको यौन व्यवसायलाई निर्मुल पार्न प्रहरीको अभियान रहेको जिकिर गरे । प्रहरीको अनुसन्धानबाट र अन्य नागरिकको सुचना अनुसार प्रहरीले विभिन्न समयमा सुर्खेतका होटलहरुमा ‘छापा’ हानिरहेको हुन्छ ।

 

प्रहरीको मात्र एकल प्रयासले यो विकृति नहट्ने भएकोले सरोकारवाला, आम नागरिक र विशेषगरी होटल व्यवसायीहरु नै यौन धन्दा रोक्न लाग्नु पर्ने प्रहरीको भनाई छ ।

२०७५ असार १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्