Tiwari Bhada Pasal

प्रहरीले रोक्यो बाल विवाह

सेरोफेरो/सल्यान
प्रहरीले रोक्यो बाल विवाह

१८, असार । सल्यानमा प्रहरीको सक्रियतामा सोमवार एक बाल विवाह रोकिएको छ । कुमाख गाउँपालिकामा बाल विवाह भइरहेको जानकारी पाए लगतै प्रहरी विवाह मण्डपमै गएर बाल विवाह रोकेको हो ।


कुमाख गाउँपालिकाका १७ वर्षीय किशोर र दार्मा गाउँपालिकाकी १८ वर्षीया एक किशोरी बिच बिवाह हुँदै गरेको अवस्थामा बालबालिका तथा दुबै पक्षका अभिभावकलाई प्रहरी चौकिमा उपस्थित गराई दुबैलाई अभिभावकको जिम्मा लगाईएको चौरपानी प्रहरी चौकिका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक खिम बहादुर नेपालीले बताए ।


प्रहरी चौकीमामा बाल क्लव, बाल संरक्षण समितिका सदस्य र दलित बिकास समाज सल्यानका प्रतिनिधिको रोहवरमा बालबालिकालाई आवश्यक परामर्शपछि अभिभावकको जिम्मा लगाईएको उनले बताए ।


बाल विवाह गर्नु कानुनी अपराध भएको भन्दै यस्ता कुरिति रोक्नु प्रहरीको दायित्व भएकोले प्रहरीले यस्ता गतिबिधिहरु रोक्न सबै सरोकारवालाको सहयोग आवश्यक रहने प्रहरी सहायक निरिक्षक नेपालिले बताए ।

२०७५ असार १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्