Tiwari Bhada Pasal

नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान कालजयी : प्रम ओली

सेरोफेरो
नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान कालजयी : प्रम ओली

२९ असार । प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको बताएका छन् । 'भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु भएको छ', प्रधानमन्त्री ओलीले भने ।


२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् । नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्व रहेको ओलीको भनाइ छ ।


प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग सम्वन्धमा प्रधानमन्त्री ओली सकारात्मक सकारात्मक भएका छन् । “तपाईंहरुका मागका सम्बन्धमा मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिनेछ ” प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्रीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण समेत गरेका छन् ।

२०७५ असार २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्