Hilsa Yatayat

रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’

सेरोफेरो /काठमाडौं
रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’

३१ असार । नेपाली कांग्रेसका स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ ।


त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा भएको एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गरेका हुन । लोकापर्ण गर्दै माथेमाले रामहरी जोशीको अरु पुस्तक भन्दा यो पुस्तक विलकुल भिन्न भएको बताए ।


माथेमाले राजनीतिमा लामो समय बिताएका एक नेताको प्रेम विबाह र यौनका विषयमा लगाएत रामहरी जोशीको नखुलेको पाटो पुस्तकले बाहिर ल्याएको जिकिर गरे ।


पुस्तकमा समिक्षा गर्दै साहित्यकार डाक्टर राम दयाल राकेशले प्रतिकात्मक प्रश्नले मान्छेको जीवनमा भएको प्रश्नको केही उत्तर दिएको र केही प्रश्न जन्माएको बताए । ‘यो पुस्तक नेता तथा साहित्यकार बिशेश्वर प्रसाद कोईरालाको मोदी आईन नजिक रहेको छ ।’ उनले भने ।


रामहरी जोशीले किन विवाह गरेनन ? भनेर प्रश्न सोध्नेहरुलाई प्रतिकात्मक प्रश्नले उत्तर दिएको उनले बताए ।


ठीक एक बर्ष अघि असार २९ गते रामहरी जोशीको ९२ बर्षको उमेरमा निधन भएको थियो । त्यहि पुन्य तिथिमा उनको पुस्तक प्रकाशन गर्नुका साथै बद्री मास्केको अध्यक्षतामा रामहरी जोशी प्रतिष्ठान पनि घोषणा गरिएको छ ।

२०७५ असार ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्