Tiwari Bhada Pasal

रेखाले नचाइन् जाजरकोटका सय महिला, आफू चाहीं धरान जान धनगढीमा रेल कुर्दै (भिडियो)

सेरोफेरो /काठमाडौं
रेखाले नचाइन् जाजरकोटका सय महिला, आफू चाहीं धरान जान धनगढीमा रेल कुर्दै (भिडियो)

१ साउन । आउँदै गरेको चलचित्र ‘मालिका’ को ‘ओ बाज्या, धनगढीमा रेल आको दिन म धरान जान्या हो’ गीत सार्वजनिक भएको छ ।


दरबारमार्गको राइजिङ मलको हलमा मंगलबार नेपाली चलचित्र ‘मल्लिका’ को गीत ‘सार्वजनिक भएको हो । कार्यक्रममा नायिका रेखा थापाले चलचित्रकर्मी भएको नाताले समाज परिवर्तनको लागि आफू गम्भीर भएको बताइन् ।


रेखा थापाले निर्देशनमा बन्दै गरेको चलचित्र मालिका बालविवाहको कथामा आधारित छ । बालविवाहमा आधारित यो चलचित्रमा जाजरकोटको परिवेश समेटिएको छ ।


‘अरु क्षेत्रले राष्ट्रलाई योगदान दिन सक्छन् भने मनोरञ्जनले किन दिन नसक्ने?’ प्रश्न गर्दै भनिन् ‘कर्णालीका महिलाले यो मेरो चलचित्र हो भनेर महशुस गर्न पाउनेछन् ।’

 

चलचित्रका कार्यकारी निर्माता नरबहदुर कार्कीले मालिका सपना र बदलिँदो अभियान भएको बताए ।


सार्वजनिक भएको गीतमा जाजरकोटको दरबारलाई देखाइएको छ । गीतमा १०० जना जाजरकोटका महिलाहरुले नाँचेका छन् । मयूर नाँच, तरबार नाँचलाई पनि गीतमा समेटिएको छ । 

 

गीतको शब्द नरबहादुर कार्कीले लेखेका हुन् भने यसमा अन्जु पन्तले स्वर दिएकी छिन् ।

 

२०७५ साउन १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्