Tiwari Bhada Pasal

आपत्तिजनक अभिव्यक्तिले कानुन मन्त्रीको पद धरापमा, आज राजीनामा दिने

सेरोफेरो/काठमाडौं
आपत्तिजनक अभिव्यक्तिले कानुन मन्त्रीको पद धरापमा, आज राजीनामा दिने

८ साउन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन् । आलोचित भएका मन्त्री तामाङलाई सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो।

 

बंगलादेशमा एमबिबिएस पढ्ने नेपाली विद्यार्थीबारे आपत्तिजनक अभिव्यक्ति दिएकै कारण उनी आलोचित बनेका थिए । उनले बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलीले कहीं न कतै आफूलाई बेच्न बाध्य भएको सार्वजनिक रुपमा टिप्पणी गरेका थिए । डा. गोविन्द केसीको आन्दोलनको बिरोध गर्न उनले यस्तो टिप्पणी गरेका हुन् ।

 

सचिवालय बैठकको निर्देशानुसार तामाङले दिउँसो २ बजे पत्रकार सम्मेलन गरी पद त्याग्न लागेको सरकार तथा नेकपा सम्बद्ध स्रोतले जनाएको छ । यद्यपि नेताहरुले यसबारे आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

 

मन्त्री तामाङले आफ्नो अभिव्यक्ति विवादास्पद भएपछि विज्ञप्ति जारी गरी माफी मागिसकेका छन्।

२०७५ साउन ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्