Hilsa Yatayat

कर्णालीको पर्यटनलाई उद्योगको रुपमा विकास गरिन्छ : मुख्यमन्त्री

सेरोफेरो/सुर्खेत
कर्णालीको पर्यटनलाई  उद्योगको रुपमा विकास गरिन्छ : मुख्यमन्त्री

९ साउन । कर्णालीको पर्यटनलाई उद्योगको रुपमा विकास गरिने कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बताएका छन् । बुधबार नेपाल पर्यटन पत्रकार मञ्च कर्णाली प्रदेशले आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


कर्णालीको पर्यटन प्रर्वद्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व विषयक अन्तर्रक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहिले कर्णाली प्रदेशका पर्यटन उद्योगका रुपमा विकास गर्न जरुरी रहेको र यो दिशामा सरकार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


उनले भने ‘सबैप्रकारको पर्यटकिय सम्भावना बोकेको कर्णाली प्रदेशले पर्यटनलाई उद्योगका रुपमा विकास गर्न सके आर्थिक रुपमा विकास हुन्छ । कर्णालीको पर्यटनलाई अब उद्योगको रुपमा विकास गर्न जरुरी छ ।’


मानव निर्मीत भवन र चिल्ला गाडिमा आएर आनन्द लिने कुरा भन्दा कर्णालीमा प्राकृतीक आनन्द लिनको लागी पर्यटकलाई आग्रह गर्दै मुख्यमन्त्री शाहिले कर्णालीका पर्यटकिय क्षेत्रहरु सांच्चिकै स्वर्गीय आनन्द दिने खालको भएको बताएका छन् ।


उक्त कार्यक्रममा कर्णाली सरकारका वन पर्यटन तथा उद्योग मन्त्री नन्दसिंह बुढाले कर्णालीका १० वटै जिल्लामा रहेको पर्यटकिय स्थलहरुलाई प्रर्वद्धन गर्नका लागी कर्णाली सरकारले बजेट छुट्टाएर अगाडि बढेको बताएका छन् ।


मन्त्री बुढाले भने ‘कर्णालीका सबै पर्यटकिय क्षेत्रपहिचानको लागी डकुमेन्ट्रि बनाएर अगाडि बढ्ने योजना मन्त्रालयको छ । यसको लागी आवश्यक बजेट छुट्टाईएको छ । पर्यटकिय क्षेत्र पहिचान सहित संरक्षण र विकासमा कर्णाली सरकार संधै अगाडि बढ्ने छ ।’


मुख्यमन्त्री महेन्द्रबहादुर शाहिको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रम नेपाल पर्यटन पत्रकार मञ्च कर्णाली प्रदेशका अध्यक्ष अशोक कुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । 

२०७५ साउन ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्