Tiwari Bhada Pasal

दीपिका पादुकोण र रणविर सिंहले विवाह गर्ने ठाउँ कस्तो छ ?

देशसञ्चार
दीपिका पादुकोण र रणविर सिंहले विवाह गर्ने ठाउँ कस्तो छ ?

१२ साउन । बलिउडमा धेरै हेर्न चाहेको विवाह मध्ये एक हो, दीपिका पादुकोण र रणविर सिंहको विवाह । रामलिलाका यी जोडीको विवाहको चर्चा पछिल्लो एक वर्षदेखि हुँदै आएको छ ।

 

यो जोडिको विवाह आउँदो नोभेम्बरमा हुँदैछ । बलिउडमा रुचाइएको यो जोडीले अब लगन गाँठो कस्दैछन् । धेरैलाई हेर्न रहर लागेको होला आफ्नो ‘लेडि लव’ लाई रणविरले गुलाबको फुल दिएको । यो विवाहको बारेमा सुनेर कति फ्यानलाई जलन पनि होला ।

बलिउडका चर्चित जोडीले यसै वर्षको अन्तमा विवाह गर्दैछन् । उनीहरुले इटलीको लेक कोमोमा विवाह गर्ने भएका छन् । सन् २०१७ मा विराट कोहली र अनुष्का शर्माको जस्तै अब दीपिका र रणविरको विवाह इटालीमा हुँदैछ । उनीहरुले विवाह गर्ने ठाउँ भने फरक हुन सक्ने भन्ने खबर छ ।

 

यो जोडी मनमोहक दृष्यसहितको धेरै सुविधायुक्त होटलमा विवाह गर्दैछन्, इटलीको लेक कोमोमा । यो तालमा ए ग्रेडका सेलिब्रेटिहरुको विवाह भइसकको छ ।

 

अमेरीकी कलाकार जर्ज कुलुनी, अमेरीकन गायिक म्याडोना, बेलायतका व्यापारी रिचार्ड ब्रानसनजस्ता सेलेब्रेटीले त्यो ठाउँमा विवाह गरिसकेका छन् ।

२०७५ साउन १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्