Tiwari Bhada Pasal

रोनाल्डोको ठाउँ लिने खेलाडी छानिए

देशसञ्चार
रोनाल्डोको ठाउँ लिने खेलाडी छानिए

१२ साउन । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछि स्पेनिस क्लब रियल मड्रिड उनको ठाउँ लिने खेलाडीको खोजीमा छ । तर रियल मड्रिडका फ्यानले त्यसको विकल्प रोजेका छन् ।

 

स्पेनिस पत्रिका मार्काले ९ खेलाडीको विकल्प दिएर रोनाल्डोको ठाउँ लिने खेलाडीको रुपमा रोज्न भनी गरेको सर्वेक्षणमा ह्यारी केनलाई रोजेका छन् रियल मड्रिडका फ्यानले ।

 

दुई लाख फ्यानले सहभागिता जनाएको सर्वेक्षणमा केनले २६ प्रतिशत मत पाएका छन् । रुसमा भएको विश्वकप फुटबलमा ६ गोल गरेर गोल्डेन बुट पाएका इंग्ल्याण्डका कप्तान केनलाई रियलका फ्यानले रोजेका हुन् ।

यस्तै पिएसजीका उरुग्वेली एडिसन काभानी र माउसिओ आइकार्डीले १४ प्रतिशत मत पाएका छन् । लियोनका स्ट्राइकर मारिएनो डिएजले १२, बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले पनि १२ प्रतिशत मत पाए ।

 

यस्तै मारिएनो जस्तै रियल मड्रिड एकेडेमीमा हुर्किएका भ्यालेसिन्याका रोड्रिगो मोरेनोले ६ प्रतिशत मत पाए । रोनाल्डो युभेन्टस गएपछि अब रियल मड्रिडले सिजनको ४० देखि ५० गोल अरु कुनै खेलाडीबाट जुटाउनु पर्नेछ ।

२०७५ साउन १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्