Rara Pharmacy

गुर्भाकोट नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणा गरिने

सिता वली/सुर्खेत
गुर्भाकोट नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणा गरिने

१४ साउन । गुर्भाकोट नगरपालिका सुर्खेतले नगरलाई छुवाछुतमुक्त नगरघोषणाको योजना बनाएको छ । आर्थीकवर्ष २०७५/७६ को निती तथा कार्यक्रममा मुख्य योजनाका रुपमा नगर छुवाछुतमुक्त घोषणा कार्यक्रमलाई राखेको गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले बताएका छन् ।


नागरिकलाई समान रुपमा बांच्ने अधिकार प्रदान गर्नको लागी नगरपालिकालाई नै छुवाछुतमुक्त घोषणा गर्न लागेको प्रमुख पुनको भनाई रहेको छ । सोमबार नगरपालीकाले आव २०७४/७५ को निति कार्यक्रमको समिक्षा तथा चालु आर्थिक वर्षको निति तथा कार्यक्रम बारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।


यो लगाएत नगरपालीकाले छोरी प्रोहोत्साहनका लागी छोरी बचत खाता कार्यक्रम, एक घर एक फलफुलको बिरुवा, नमना विद्यालय स्थापना, पोषणयुक्त नगरपालीका घोषणा, कृषी पकेट क्षेत्र घोषणा लगाएतका कार्यक्रम आर्थिक वर्ष २०७५/७६ का लागी ल्याएको नगर प्रमुख पुनले बताए । कुल ४६ करोड ४७ लाख ३१ हजार को बजेटमा जम्मा ससर्त बजेट २१ करोड तिन लाख र निर्सत बजेट २५ करोड ४४ लाख ३१ हजार रहेको छ ।

 

त्यस्तै गुर्भाकोट नगरपालिकाले पुर्वाधार विकासका लागी १२ करोड ९२ लाख १० हजार, सामाजिक विकासको लागी ३ करोड ९४ लाख २५ हजार, आर्थीक विकासका लागी १८ करोड ३१ लाख ५ हजार बजेट छुट्याएको छ ।


नगरले सार्वजनिक सेवा तथा क्षमता विकासका लागी ७० लाख ६५ हजार, वातावरण तथा विपद् व्यवस्थापनका लागी ९४ लाख १५ हजार र पुँजिगत सुधार तर्फ १ करोड ५० लाख १ हजार रुपैया बजेट छुट्टाएको जानकारी दिएको छ ।

२०७५ साउन १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्