Tiwari Bhada Pasal

काठमाडौंमा के गर्दैछन् सुर्खेतका कलाकार ? तीज विषेश कुराकानी

सीता वली/सुर्खेत
काठमाडौंमा के गर्दैछन् सुर्खेतका कलाकार ? तीज विषेश कुराकानी

१५ साउन । नेपाली महिलाहरुको महान चाड तीज नजिकिँदै गर्दा सुर्खेतमा जन्मेर कला क्षेत्रमा आफ्नो पहिचान बनाएका सर्जक, मोडल तथा गायिकासंग  सेरोफेरो चौतारीका लागि गरिएको तीज विशेष कुराकानी ।


नन्दा बस्याल, मोडल तथा निर्देशक 

nanda basyal

आजभोली तीज गीतको निर्देशनमा धेरै व्यस्त छु । पोहोर सालमा बृद्धाआश्रम भन्ने गीतले दर्शकको अपार मायाँ पायो । यपटक पनी बृद्धाआश्रम टु लिएर आएको छु ।


संधै म गाउने र मोडलिङ् गर्थें भने यसपटक मलाई दर्शकहरुले निर्देशकको रुपमा पनि देख्न सक्नुहुने छ ।


तीज परम्परादेखी नै चलिआएको संस्कृती हो । दिदी बहिनी र माईतीको विचमा आत्मीयता बढाउने माध्यम हो तीज ।


यो वर्षको तीजमा मलाई बाहिरबाट पनि कार्यक्रमको लागि निम्तिो आएको छ । तर म सुर्खेतमै रहन्छु । हरेक वर्ष सिस्टर नेपालले सुर्खेतमा आयोजना गर्ने तीज विशेष कार्यक्रम यो वर्ष पनि तय भएको छ । त्यसैले घरपरिवार संगै यो वर्षको तीज मनाउने योजनामा छु ।


मैले तीजको मात्रै ७ वटा एल्बम निकालेको छु । ५० वटा जती गीतमा मेरो निर्देशन रहेको छ भने ७० वटा गीतहरुमा मैले अभिनय गरेको छु ।


निरुता शाही, मोडेल 

niruta shahi model

तीज गीतकै सुटिङ्मा व्यस्त छु । तीज गीतमा विशेष गरी मौलिकपना दिन खोज्छु । यसपटक पनि दर्शकहरुले मौलिकतामा आधारित अभिनय पाउनुहुनेछ ।


तीजलाई मैले पुर्खा देखि चलिआएको संस्कृतीको रुपमा बुझेको छु । त्यसमा पनि महिलाहरुले वर्षभरीको पिडा साटासाट गर्ने माध्यम तीज हो ।


यो पटक सायद सुर्खेत आउन पाउँदिन । काठमान्डौंमा सुर्खेती कलाकारहरुसंगै बसेर रमाईलो गर्ने योजनामा छु ।


म तीज गीत भन्दा पनि अन्य गीतहरुमा बढी मोड्लिङ गर्ने गर्छु । १ दर्जन बढी तीज गीतमा अभिनय गरिसकेकी छु ।


दिपाशा विसी, मोडल 

Dipasa

तीज गीतकै सुटिङ्मा व्यस्त छु । विगतका वर्षहरुमा जस्तै तीज मनाउनेछु । 

 

सुवाष केसी र प्रिती आलेको गीतमा मेरो अभिनय छ, जुन फरक खालको छ । यसपटक त्यसबाट मैले ठूलो आशा गरेकी छु । प्राय मौलिकतामा नै दर्शकले मलाई पाउनुहुन्छ ।
तीज विशेष गरी नारीहरुको महान् चाड हो । तर पछिल्लो समयमा तीजमा पुरुष दाजुभाईहरुको पनि मोह बढेको पाउँछु ।


यो वर्षको तीज भारतमा बस्ने नेपाली संग हुनेछ । तीज विशेष कार्यक्रममा मलाई बोलाईएको छ । मैले अहिलेसम्म तीजका २२ वटा गीतमा अभिनय गरेकी छु ।


मानसिंह खड्का, कलाकार 

manshing khadka kalaakar

आजभोली तीज गीत मै अलि बढि व्यस्त छु ।


यो वर्षको तीज गीत मैले एकदमै मौलिक खालबमे छ । पाएका अवसरहरुमा धेरै किसिकमा गीत पनि गरिन्छ तर म आंफैले बजारमा ल्याउन लागेको एकदमै पुरानो मौलिकता झल्कने खालको गीत छ ।


तीज विशेष गरी विभिन्न ठांउमा छरिएर बसेका चेलीहरुको भेट गर्ने बहाना हो ।


मेरो यो वषको तीज सायद भारतमा हुन्छ ।


मैले निर्देशन पनि गर्ने गरेको छु । दर्जन बढी गीतमा निर्देशन गरेको छु । मेरो आफ्नै स्वरमा भने ५ वटा तीज गीत बजारमा आएको छ ।

 

धर्मराज गिरी, सर्जक 

dharmaraj giri

यो वर्ष पनि म गीत संगीतमै व्यस्त छु । प्रत्येक वर्ष मैले मौलिक गीत बनाउँदै आएको छु । यसपटक पनि मैले बजारमा ल्याएको तीज गीतमा दर्शकहरुले मौलिकता पाउनुहुने छ ।


तीज हिन्दु नारीहरुको महान् चाड हो । छोरी चेलीले माईतीसंग दुःख व्यक्त गर्ने र रमाईलो गर्ने अवसरको रुपमा मैले तिजलाई लिएको छु ।


यसपटकको तीज आमा दिदि बहिनीहरुसंग सुर्खेतमै बसेर मनाउने सोचमा छु ।


अहिलेसम्म ४ वटा तीज गीत बनाएको छु सबै मौलिकता झल्कने खालका छन् । जसलाई दर्शकले अत्याधिक रुचाउनुभएको छ ।


विशाल ढकाल, सर्जक 

bishal dhakal

तीज गीतको अभिनयमा व्यस्त छु । यस पटक दर्शकहरुले मलाई मौलिक गीत सर्जकको रुपमा पाउनुहुने छ । यस अघि दर्शकले मलाई मोडलको रुपमा चिन्नु भएको थियो । यसपटक सर्जकको रुपमा बजारमा आउने छु ।


माईतीलाई चेलीले भेट्ने र गुनासो गर्ने मौकाको रुपमा मैले तीजलाई लिएको छु । त्यो बाहेक हिन्दु नारीहरुको महान् चाडको रुपमा पनि तीजलाई बुझेको छु ।

 

यसपटकको तीज सुर्खेतमै मनाउने योजना छ ।


मैले अहिलेसम्म तिजको दुईवटा गीत निर्माण गरेको छु । त्यो पनि मौलिक छ ।


हरि विष्ट, सर्जक 

hari bista

म अहिले तीज गीतको सुटिङमा एकदमै व्यस्त छु । यो पटकको तीजमा मैले तीनवटा मौलिक तीज गीत लिएर आउंदैछु । मेरो कोशेलीहरु अबको एक हप्तामा बजारमा आउंदैछन् ।


तीज गीतको माध्यमबाट नेपाली संस्कृतीलाई बिगार्ने र बैशाखमै तीज गीत बजारमा ल्याउनेका विरुद्ध मेरो लडाई हो । संधै झै यो वर्षपनि आम नेपालीहरुले मेरो तीज गीतमा मौलिकता पाउनेछन् ।


यसमा मोडल, गाउने सबै महिलाको नै भुमीका हुनेछ । वर्षाको समयमा आम किसानहरुले हातको हिलो र मैलो पखालेर सुन्दा केहि समय भएपनि आनन्द दिने खालको गीत मैले बजारमा ल्याउंँदैछु ।


तीज नारीहरुको विशेष पर्व हो । तर पछिल्लो समयमा तीजमा पुरुषहरुको दुर्गन्ध आउने गरेको छ । तीजमा महिला नै रमाउनु पर्छ र पुरुषले पर्दा पछाडिबाट सहयोग गर्ने हो तर विकृती ल्याउनु हुंदैन । विशुद्ध रुपमा वर्षभरीको पीडा र सुखलाई एक अर्कासंग साटासाट गर्ने माध्यम तीज हो ।


यो वर्ष मैले भारतमा तिज मनाउंदै छुु । भारतमा बस्दै गरेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले मलाई निम्तो दिईसक्नुभएको छ । भारतमा बस्ने नेपालीहरुसंग यो वर्षको तिज मनाउंँदै छु ।


मैले करिब सवा दर्जन जती तीजका कोशेली हरु बजारमा ल्याईसकेको छु । सबै गीतहरुमा मौलीकता झल्केको छ र आम नेपालीको मनमुटु छोएको छ ।

 

टिका पुन, कलाकार 

tika pun @

आजभोली म तीज गीतको रेकर्डिङ् र सुटिङ्मै व्यस्त छु । संधै टिका पुन गीतमा मौलिकपना लिएर आउँछ । यो पटक पनि दर्शकहरुले आफ्नै संस्कृती झल्कने खालको मौलिक गीतमा टिका पुनलाई पाउनु हुन्छ ।


तीज वर्षौदेखी मान्दै आएको पर्व हो । माईती र चेलीको सम्बन्ध प्रगाढ बनाउने साथै श्रीमान् प्रतिको मायाँ अझ बलियो बनाउने माध्यम हो । विशेष त हिन्दु नारीहरुको महान् पर्वको रुपमा तीजलाई लिने गर्दछु ।


यो वर्ष मेरो तीज जापानमा हुन्छ । जापानमा रहने सम्पुर्ण नेपालीहरुसंग मेरो यो वर्षको तीज मनाउने योजना छ ।


मैले अहिले सम्म २१ वटा तीज गीतमा स्वर दिईसकेकी छु ।


जानकी तारामी मगर, कलाकार 

janaki 2

तीज गीतका सुटिङ्हरुमा नै व्यस्त छु । मेरो बच्चा सानो भएकोले उसलाई पनि समय दिनुपर्छ ।


विशेषगरी नारीले भोगेका समस्या तथा खुशीका पलहरुलाई समेटेर मैले गीत बनाउँछु । माईतीको सम्झनामा भन्ने तीज गीत यो वर्ष दर्शकका माझ आउंदैछ ।


तीज विशेषगरी हिन्दु नारीहरुको चाड हो । माईतीको र चेलीको भेटघाट हुने अवसर पनि हो । चेलीहरु भेट भएर एकआपसमा वर्षभरीका दुख तथा सुख साट्ने थलोको रुपमा तीजलाई मैले लिने गरेकी छु ।


यसपालीको तीज दिल्लीमा मेरा दर्शक श्रोतासंग मनाउदैछु । मेरो तीज गीतको शुरुवात कार किनेर ल्याउ बोलको तीजको गीत गाएपछि शुरुवात भएको हो २०६७ सालमा । त्यस्तै एकदर्जन बढी तिजको गीतहरु गाएको छु ।

२०७५ साउन १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्