Hilsa Yatayat

कुसुम दाहालको ‘६० हजारको साडी ?’

सेरोफेरो/सुर्खेत
कुसुम दाहालको ‘६० हजारको साडी ?’

१६ साउन । गायिका कुसुम दाहालले यस पटकको तीजमा भट्टराईको तीजको कोसेली ‘६० हजारको साडी’ ल्याएर आएकी छन् ।


प्रवासी गायिका दाहालको यो तेस्रो गीत हो । यस अघि दुई वटा गीत रिलिज गरेकी कुसुमले दुई महिना पहिले ‘नव कुसुम’ नामक एकल म्युजिक एल्बम रिलिज गरेकी थिइन् ।


६० हजारको साडी बोलको गीतमा सिने अभिनेत्री अनु शाहले मोडलिङ गरेकी छिन् । उनलाई उमादेवी दाहाल र कोरशले साथ दिएका छन् । दीपक शर्माको संगीतमा रहेको उक्त गीतलमा गृष्मा भट्टराईले उत्पादन गरेकी हुन् ।


दिग्गज धौरालीले लेखेको गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।

 

२०७५ साउन १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्