Hilsa Yatayat

कोहलपुरबाट बालकको उद्धार

सेरोफेरो

१६ साउन । नेपाल प्रहरीले एक बालकको उद्धार गरि परिवारको जिम्मा लगाएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ७ का सर्जन सिंह ठकुरीको दश वर्षको छोरा सुशान्त ठकुरीलाई सुर्खेबाट लैजाने क्रममा एक दम्पती कोहलपुरमा पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा काभ्रे कासीखण्ड नगरपालिका वडा नम्वर ३ वस्ने वर्ष २८ को कुमार प्याकुरेल र निजको श्रीमती वर्ष १८ की मुस्कान प्याकुरेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

 

बालकलाइ कुन उद्देश्यले लगिएको हो भन्ने अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

२०७५ साउन १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्