Hilsa Yatayat

१०१ जना सवार विमान मेक्सिकोमा दुर्घटना

एजेन्सी
१०१ जना सवार विमान मेक्सिकोमा दुर्घटना

१६ साउन । मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

 

उडेको ५ मिनेटमै दुर्घटनामा परेको विमानका ८५ जना यात्रु घाइते भएको जनाइएको छ । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए ।

 

दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले एक ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएका छन् । बीबीसीका अनुसार उनले ८५ घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको बताएका छन् ।

 

विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना बताएका छन् । मौसम खराब भएपछि विमान घाँसे मैदानमा अवतरण गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

२०७५ साउन १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्