Hilsa Yatayat

सुर्खेतमा सौतेनी बुवाले गरे १२ वर्षीया छोरीको वलात्कार

सेरोफेरो/सुर्खेत
सुर्खेतमा सौतेनी बुवाले गरे १२ वर्षीया छोरीको वलात्कार

२१ साउन । भेरीगंगा नगरपालिका ५ सानो हात्तिखालमा ११ वर्षकी वालिकाको बलात्कार भएको छ ।


सौतेनी बुवाले शनिबार दिउँसो बाख्रा गोठालो गएकी छोरीलाई घर सफा गर्नको लागि बोलाएर वलात्कार गरेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।


‘दुई बहिनी गोठाला गएका रहेछन् । आमा उपचारको लागि नेपालगंज गएको समयमा जेठी छोरीलाई घर बोलाएर जवर्जस्ती करणी गरेको पाइयो ।’ प्रहरी निरीक्षक न्यौपानेले भने ।


पीडित बालिकाको स्वास्थ्य उपचारको लागि मेहेलकुना अस्पतालमा राखिएको छ । आवश्यक उपचारका लागी जिल्ला प्रहरी कार्यालयको महिला सेलसंग समन्वय गरी वीरेन्द्रनगर पठाउने तयारी गरिएको पनि न्यौपानेले बताए ।


आइतबार बिहान घटनास्थल पुगेर प्रहरीले पीडकलाई नियन्त्रणमा लिइ हिरासदमा राखेको छ । आजै मुद्दा दर्ता हुने प्रहरीले जनाएको छ ।

२०७५ साउन २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्