Tiwari Bhada Pasal

सर्पले टोकेपछि झारफुक गर्दागर्दै मृत्यु

सेरोफेरो/सुर्खेत
सर्पले टोकेपछि झारफुक गर्दागर्दै मृत्यु

२२ साउन । सर्पले टोकेर सुर्खेतको पञ्चपुरी १० जामुमा १ बालिकाको मृत्यु भएको छ । जामुस्थित बाढीपीडितको शिविरमा पालमुनी बस्ने १३ बर्षीय हरिकला उपाध्यायलाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको हो ।

 

मंगलबार बिहान साढे पाँच बजेतिर शौचालय जाने क्रममा उनलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारको लागि स्वास्थ्य संस्था नलगि झारफुक गर्दा उनको मृत्यु भएको पञ्चपुरी नगरपालिका १० का वडा सदस्य नैनसिंह बिकले जानकारी दिएका छन् ।

 

उनले भने, ‘बिहान करिब साढे ५ बजेतिर सर्पले टोकेको रैछ । सर्पले टोकेपछि कसैलाई भन्नुहुँदैन भन्ने सोचले कसैलाई जानकारी नै नदिई झारफुकतिर लागेछन् । बिहान ८ बजेतिर उनको मृत्यु भएपछि मात्र हामीलाई थाहा भयो ।'

 

उपाध्याय श्री जनज्योती माध्यामिक विद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत छात्रा हुन् ।

२०७५ साउन २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्