Tiwari Bhada Pasal

कलाकार मनुजबाबु मिश्र रहेनन्

सेतोपाटी
कलाकार मनुजबाबु मिश्र रहेनन्

तस्बिर : बिबिसी

२३ साउन । बरिष्ठ कलाकार तथा साहित्यकार मनुजबाबु मिश्रको निधन भएको छ। मिश्रको बुधबार बिहान २ बजे घरमै निधन भएको हो।

 

पारिवारिक स्रोतका अनुसार ८३ वर्षिय मिश्र मंगलबारसम्म सामान्य अवस्थामा थिए। ‘राति सुतेको बेला हृदयघात भएपछि निधन भएको हो,’ पारिवारिक स्रोतले भन्यो।  उनलाई सुगरको समस्या थियो।

 

आधुनिक नेपाली चित्रकलाका हस्तीमध्येका एक मिश्रले सुरूमा रेडियो नेपालमा गायन र नाटकहरूमा अभिनय पनि गरेका थिए। उनका बुवा पनि कलाकार थिए।  बुवाबाट प्रभावित भएर उनले पछि पेन्टिङमा आफूलाई केन्द्रीत गरेका थिए।

 

२०४६ सालमा बहुदल आएपछि उनी एकान्तवास बसेका थिए।  उक्त व्यवस्थाप्रति चित्त नबुझेकाले एकान्तवास बसेको उनी बताउँथे।

 

बिबिसी नेपाली सेवाका पूर्वप्रमुख तथा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र दिवंगत कलाकार मनुजबाबु मिश्रका जेठा छोरा हुन्। लण्डनमा बस्ने कान्छा छोरा आउन समय लाग्ने भएकाले उनको अन्त्येष्टी केही दिनपछि हुने भएको छ।  

 

परिवारका एक सदस्यका अनुसार मिश्रले निधनपछि कुनै किसिमको तामझाम नगरी सामान्य तरिकाले अन्त्येष्टी गर्न बारम्बार आग्रह गर्थे। त्यही आग्रहअनुसार नै  उनको अन्त्येष्टीको तयारी गरिएको छ।

२०७५ साउन २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्