Tiwari Bhada Pasal

व्यस्त सडकमै हाने श्रीमानले चक्कु

सेरोफेरो/सुर्खेत
व्यस्त सडकमै हाने श्रीमानले चक्कु

२३ साउन । २६ वर्षकी चन्द्रा शार्की बजार बाट घरतिर जाँदै थिइन । गत १७ गते जुम्ला रोड स्थित शुभ होटलको अगाडी हिडिरहेको समयमा एक्कासी उनीमाथि आक्रमण भयो । उनका श्रीमानले नै उनको घाँटी र अनुहारमा चक्कु प्रहार गरे ।


वीरेन्द्रनगर २ जैपुरकी चन्द्राले भारतको लखिमपुरको चक्mलापुरका जय प्रकाश गुप्तासंग १० वर्ष अघि बिवाह गरेकी हुन । ७ वर्ष र ४ वर्षको छोरा र १ वर्षकी छोरीको आमा अहिले उपचारारत छिन् ।


चन्द्रा र उनको परिवारलाई गुप्ताले इन्द्रजाल गर्छन भन्ने भ्रम छ । ‘१६ वर्षको उमेरमा मोहनी मन्त्र लगाएर बिवाह गरी लिएको । संधै दुःख दियो ।’ चन्द्राले भनिन् ।

 

मजदुरीको शिलशिलामा गुप्ता सुर्खेत आएको बेला उनीहरुको भेट भएको थियो ।


विवाह अगाडी नै गुप्ताको एउटा खुट्टा भाँच्चिएको थियो । यस अघि यातना पश्चात ५ पटक भागेर माइत आइसकेकी चन्द्रा अनेक डर धम्की दिएपछि फेरी घर जाने गरेकी थिइन् ।


‘आफू जस्तै अपाङ्ग बनाउँछु भन्दै मेरो खुट्टा भाँच्ने भनेर हान्दा अहिले पनि ठूलो खत छ खुट्टामा ।’ चन्द्रा भन्छिन् ‘दाई, बुवाले फोन गरेपनि शंका गरेर कति तनाव दियो भनि साध्यै छैन ।’ माइतिलाई पनि धेरै पटक धम्क्याउदै आएको उनीहरुको आरोप छ ।


जुत्ता सिलाउने काम गर्दै आएको चन्द्राका बुवालाई धम्की दिएपछि माइति पक्ष डराएका छन् । यस अघि चन्द्रा माइतीमै बस्छु भनेपछि उनको दिदीको छोरा ११ वर्षीय आशिस बौडेललाई नशा खुवाएर भारत पुर्‍याएको परिवारको भनाई छ ।


‘की तँ आइज, नआए आशिसलाई मारिदिन्छु भनेपछी आशिसको हजुरआमा र बुवा गएर ल्याए म उतै बसें ।’ चन्द्रा भन्छिन् ।


वडा नम्बर ९ की सदस्य सुनिता लामाको सहयोगमा चन्द्राले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेका छन् । नवज्योति संस्था र अधिवक्ता गीता कोइरालाले यो घटनामा पीडितलाई न्याय दिन पैरवि गरिरहेका छन् ।


पीडक भनिएका गुप्ता वीरेन्द्रनगरको सृष्टी खाजा घरमा काम गर्ने बताउँदै आएका छन् । हाल उनी प्रहरीको हिरासदमा छन् ।


घाइते चन्द्रा क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार पछी माइति घरमा आराम गरिरहेकी छन् ।

२०७५ साउन २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्