Tiwari Bhada Pasal

पुरुषका कारण हुने बाँझोपन कम गर्ने उपाय- खुकुलो अण्डरवेयर

देशसञ्चार
पुरुषका कारण हुने बाँझोपन कम गर्ने उपाय- खुकुलो अण्डरवेयर

२६ साउन ।  बाँझोपनको समस्या पछिल्लो समय विश्वभर बढ्दै गएको छ । यसले गर्दा सन्तानको चाहमा रहेका धेरै दम्पती निराश हुँदै आएका छन् । बाँझोपनको कारण महिला वा पुरुष दुवै हुन सक्छन् ।

 

पुरुषका कारण हुने बाँझोपनको मुख्य कारण वीर्यमा शुक्राणुको मात्रा आवश्यक भन्दा कम हुनु हो । तर पछिल्लो अनुसन्धानले शुक्राणुको मात्रा बढाउने सजिलो माध्यम पत्ता लागेको अनुसन्धानकर्ताले बताएका छन् ।

 

अण्डरवेयर टाइट नभइ लुज (खुकुलो) लगाउँदा पुरुषको वीर्यमा शुक्राणुको मात्रा बढ्ने अनुसन्धानबाट देखिएको छ । अमेरिकाको हार्वर्ड टिएच चेन स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताले ६५६ पुरुषमा गरेको अनुसन्धानबाट खुकुलो अण्डरवेयर लगाउनेको शुक्राणु बढेको देखिएको हो ।

sperm

खुकुलो अण्डरवेयर लगाउँदा शुक्राणुको मात्रा नियन्त्रण गर्ने हर्मोन बढ्ने देखिएको हो । खुकुलो अण्डरवेयर (बक्सर) लगाउने व्यक्तिको शुक्राणु टाइट अण्डरवेयर लगाउने व्यक्तिको भन्दा २५ प्रतिशत बढी रहेको देखिएको हो ।

 

बक्सरसहितका खुकुलो अण्डरवेयरका कारण अण्डकोषमा शीतल वातावण हुने भएकाले शुक्राणुको मात्रा बढेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । जीवनशैलीमा गरिने सानो र सामान्य परिवर्तनले पुरुषका कारण हुने बाँझोपन कम गर्न सकिने देखिएको विशेषज्ञले बताएका छन् ।

 

शुक्राणुको उत्पादन

३४ डिग्री सेन्टिग्रेड भन्दा माथिको तापक्रममा शुक्राणुको उत्पादन संवेदनशील हुन्छ । अण्डकोष शरीरबाट तल झुण्डिने भएका कारण तापक्रम बढी हुँदा शुक्राणुको उत्पादन कम हुने गर्छ ।

 

टाइट खालका अण्डरवेयर (जक्की स्टर्स वा ब्रिफ) ले अण्डकोषलाई स्वतन्त्र छोड्नुको साटो शरीरसँग जोड्न र त्यसले गर्दा तापक्रम बढ्छ अनि शुक्राणुको उत्पादनमा नकारात्मक प्रभाव पर्छ ।

 

तर बक्स स्टर्ससहितका खुकुला अण्डरवेयरले अण्डकोषलाई स्वतन्त्र छोड्ने भएकाले तापक्रम नबढ्ने भएका कारण शुक्राणुको उत्पादन बढ्ने गरेको पाइएको छ । 

 

टाइटको सट्टा खुकुलो अण्डरवेयर लगाएर फर्टिलिटी केन्द्रमा आउने व्यक्तिका कुल शुक्राणुको मात्रामा १७ प्रतिशत तथा शक्रिय शुक्राणुको मात्रा ३३ प्रतिशत बढेको देखिएको छ । तर यसले शुक्राणुको आकार र डिएनए क्वालिटीमा भने कुनै फरक पारेको देखिएको छैन ।

sperm-2 

अनुसन्धानकर्ताले उमेर, बडी मास इनडेस्क (बिएमआई) तथा धुम्रपान र हट टबको प्रयोगसहितको प्रभाव बारेमा पनि अनुसन्धान गरेका थिए । तर अण्डरवेयरको भित्र हुने तापक्रमको प्रभाव शुक्राणुको उत्पादनमा बढी रहेको देखिएको अनुसन्धानमा संलग्न प्राध्यापक एलन पिसीले बताएका छन् ।

 

अनुसन्धान प्रतिवेदन ह्युमन रिप्रोडक्सन जर्नलमा प्रकाशित भएको छ । मस्तिष्कमा रहेको हर्मोन जसले अण्डकोषलाई शुक्राणु उत्पादनका लागि आदेश दिन्छ, त्यसको मात्रा १४ प्रतिशत कम रहेको देखियो । यो अनुसन्धान शुक्राणुको मात्रा र गुणस्तरका बारेमा भएको हो ।

२०७५ साउन २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्