Rara Pharmacy

अमेरिका बस्ने ढकालद्वारा विद्यालयलाई १ लाख सहयोग

सेरोफेरो/सुर्खेत
अमेरिका बस्ने ढकालद्वारा विद्यालयलाई १ लाख सहयोग

 ३० साउन । कामको शिलशिलामा अमेरिकामा रहँदै आएका वीरेन्द्रनगर ११ का खेमराज ढकालले विद्यालयलाई सहयोग गरेका छन् ।

 

उनले धुलियाबिटस्थित श्री शिव माध्यामिक विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न १ लाख १ हजार १ सय ५ रुपैया सहयोग गरेका हुन् ।

 

बुधबार विद्यालयमा आयोजित एक कार्यक्रममा ढकालका बुवा, आमा र श्रीमतीले संयुक्त रुपमा उक्त रकम बराबरको चेक विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

 

यस्तै सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालले विद्यालमा प्राविधिक शिक्षा सञ्चालनको लागि १० हजार रुपैया सहयोग गर्ने प्रवितवद्धता व्यक्त गरेका छन् ।

 

बुधबारै शिव माध्यामीक विद्यालयमा स्मार्ट स्कूल सरसफाई सम्मेलन सम्पन्न भएको छ । एसएनभी नेपालको आर्थिक सहयोग, सुन्दर नेपाल संस्था सुर्खेतको सहजीकरण तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

School_Smart 

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले विद्यालय सरसफाइका लागि २ लाख २ हजार २ सय रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित उपप्रमुख ढकालले स्मार्ट विद्यालय बनाउनको लागि विद्यार्थी, अभिभावक र शिक्षक समेत स्मार्ट हुनुपर्ने बताएकी छन् । 

 

शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख जितबहादुर शाहले शिक्षा विकासको महत्वपूर्ण सूचक भएको बताए । त्यस्तै कार्यक्रममा विद्यालयको आयव्यय सहितको सामाजिक लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।


स्मार्ट स्कूल सरसफाई अभियान अन्तर्गत विद्यालयमा विद्यार्थीहरु सम्मिलित विभिन्न ६ वटा समुह निर्माण गरिएको छ । जसमा विद्यार्थीहरुनै संयोजक छन् । यस्ता समूहमा सुरक्षित खाना, सुरक्षित महिनावारी लगायतका विषय समावेश छन् ।

२०७५ साउन ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्