Tiwari Bhada Pasal

मुलुकी संहिताले स्थापित मान्यतालाई व्यवस्थित गर्छ : प्रम ओली

कतिपयले यो संहिता वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको प्रधानमन्त्रीले बताए । “संहिता निर्माणका क्रममा छलफलमा बसेकै साथीहरु अहिले विरोधमा उत्रिएको देख्छु” ओलीले भने “यसबाट त्रसित हुनुपर्ने केही छैन ।
सेरोफेरो
मुलुकी संहिताले स्थापित मान्यतालाई व्यवस्थित गर्छ : प्रम ओली

भाद्र १ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा विकशित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका छन् ।


कानुन मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको मुलुकी देवानी संहिता तथा मुलुकी अपराध संहिता लगायतका कानुनहरु लागु हुने दिनको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालका केही मान्यताहरु बदलिएकाले त्यसै बेला देखि मुलुकी ऐनलाई संसोधन गर्ने काम सुरु भएको बताए । “अहिले जारी भएको संहिता नयाँ मुलुकी ऐन जस्तै हो” प्रधानमन्त्री ओलीले भने “यसलाई रुपान्तरित व्यवस्थापिका संसदले पारित गरेर २०७४ असोजमा सम्माननीय राष्ट्रपति ज्यू बाट लालमोहर लगाइएको हो ।”


प्रधानमन्त्री ओलीले कतिपयले यो संहिता वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको बताए । “संहिता निर्माणका क्रममा छलफलमा बसेकै साथीहरु अहिले विरोधमा उत्रिएको देख्छु” प्रधानमन्त्री ओलीले भने “यसबाट त्रसित हुनुपर्ने केही छैन । यसले समाजलाई मर्यादित बनाउन खोजेको छ । गल्ती नगर्नेहरुले डराउनु पर्दैन ।”


प्रधानमन्त्री ओलीले संहितामा कमि कमजोरी केही भएमा संसोधन गर्न सकिने समेत बताए । “यस संहितालाई कार्यन्वयन गर्न सरकार दृढ छ” प्रधानमन्त्री ओलीले थपे “यसका लागि सरकारका सबै निकाय क्रियाशिल छन् ।” यस कानुनको परिपालानाका लागि अझ व्यापक प्रचार प्रसार गर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरेका छन् ।

२०७५ भाद्र १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्