Hilsa Yatayat

छ्या! ट्वाइलेट

सेरोफेरो/सुर्खेत
छ्या! ट्वाइलेट
८ भदौ । ‘ट्वाइलेट’ चर्पीको अंग्रेजी नाम हो । हामी आधुनिक हुँदै जाँदा ट्वाइलेट शब्दको उच्चरण शुरु गरेका हौं । हाम्रोमा यसलाई चर्पी भनिन्छ ।

शौचालय संस्कृत शब्द हो । जसले शौच गर्ने स्थान भन्ने जनाउँछ । शौच वा शंका दुई प्रकारको हुन्छ । लघुशंका र दीर्घशंका । लघुशंका भनेको पिशाब र दीर्घशंका भनेको दिसा गर्ने कार्य हो ।

पूर्वीय धार्मिक मान्यता अनुसार दिसा वा पिशाब दुबै बसेर गर्नुपर्छ । शौच गरिसकेपछि पानीले धुनुपर्छ भन्ने मान्यता र अभ्यास पनि छ । आजको बैज्ञानिक युगमा पनि यी कुरा ठीक थिए भन्ने प्रमाणित भैसकेको छ ।

अमेरिकन अंग्रेजीमा ट्वाइलेटलाई ‘रेस्ट रुम’ भनिन्छ । कामको व्यस्तताबीच एकछिन भएपनि फुर्सद दिने भएकाले यस्तो भनिएको हो । अति व्यस्त हुँदा हामीले पिशाब फेर्ने फुर्सद पनि छैन भन्छौं । आजकाल शौचालय पनि आरामदायी हुन्छ ।

हुन त पहिला पहिला शौच जाँदा नै ठूल्ठूला योजना बनाइन्थे भन्ने पनि छ । शौच गर्न घरभन्दा धेरै टाढा जाने भएकाले जाँदा आउँदा र शौच गर्दा समेत धेरैबेर कुनै कुरामा घोत्लिन पाइन्थ्यो ।

मानव सभ्यताको विकासमा ‘गु’ को आफ्नै स्थान छ । कुनै समय थियो– ‘गु आयो कि गाउँ आयो भन्ने ।’ मानव वस्तीभन्दा अलि पर डहरमा लहरै दिशा हुन्थ्यो । हिंड्दा गु नाघ्दै हिंड्नु पर्थ्यो ।

तर अब शौचालय डहरबाट घरभन्दा अलि पर र त्यहाँबाट पनि सरेर घर नजिक हुँदै कोठाभित्रै छिरेको छ । यसको मतलव शौच वा शौचालयसम्बन्धी धारणा परिवर्तन भएको छ ।

शौचालय कोठाभित्र हुनुको एउटै सन्देश हो सरसफाई । शौच गर्नु, स्नान गर्नु, वा शरीरका अन्य विकार फाल्नु उस्तै हुन् । तर यसबाट हुने संक्रमणबाट भने सबै जोगिनुपर्छ । ट्वाइलेट सफा राख्नुपर्छ । यस्तो सोच व्यवहारमा कहिले परिणत हुने होलार?

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरका केही महत्वपूर्ण स्थानका ट्वाइलेट अझै ‘छ्या’ भन्नुपर्ने अवस्थामा छन् ।

सेरोफेरोले खिचेका केही तस्बिर हेर्नुहोस् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रिय क्याम्पस
MU 1MU 2MU 3MU 4MU 5
क्षेत्रीय अस्पताल, कालागाउँHospital 1Hospital 2Hospital 3
देउती अस्पतालDeuti 1Deuti 2
घण्टाघरGhantaghar1
२०७५ भदौ ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्