Hilsa Yatayat

गायक हरिप्रसाद रिमालको निधन

सेरोफेरो/काठमाडौं
गायक हरिप्रसाद रिमालको निधन

१५ भदौ । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । ९३ वर्षीय रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको हो ।

 

रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत चर्चित छन् । कतिपयले रिमाललाई रेडियो नेपालको पहिलो गायक भन्ने गरेका भए पनि यसको रेकर्ड अरुकै नाममा छ । रिमालभन्दा अगाडि मलेवादेवीलगायतले गीत रेकर्ड गराइसकेका थिए ।

 

गोपालप्रसाद रिमालका भाइसमेत रहेका उनको परिवार नै नाटकमा लागेकाले उनी सानैदेखि यसमा जोडिएका थिए । उनले फिल्म ‘आमा’ सँगै नाटकहरु सन्तान, मुकुन्द इन्दिरालगायतमा अभिनय गरेका थिए । अभियनसँगै उनले निर्देशनको पाटोसमेत सम्हाले ।

 

उनको अाजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०७५ भदौ १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्