Hilsa Yatayat

पाँच पास आवश्यक रहेको ६२ पदमा चार हजार उमेदवार पिएचडीधारी

एजेन्सी
पाँच पास आवश्यक रहेको ६२ पदमा चार हजार उमेदवार पिएचडीधारी

भदौ १६ । भारतको उत्तर प्रदेशमा पछिल्लो समय पिएचडी अर्थात विद्यावारिधी गरेकाहरुले पनि 'पिउन' पदका लागि आवेदन दिएको खुलेको छ । कक्षा पाँच पास गरेको शैक्षिक योग्यता भए पुग्ने पदका लागि पिएचडी तथा स्नातकोत्तर गरेकाहरुले पनि आवेदन दिएको खुलेको हो ।

 

उत्तर प्रदेशमा प्रहरीको म्यासेन्जर पदका लागि ६२ जनाको आवेदन खुलेको थियो । त्यसका लागि ९३ हजार भन्दा बढीले आवेदन दिएका छन् । यसरी आवेदन दिनेमा पिएचडी गरेका ३ हजार ७०० जना छन् ।

 

यस्तै स्नातकोत्तर गरेका २८ हजार तथा स्नातक गरेका ५० हजार जनाले आवेदन दिएका छन् । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता पाँच कक्षा पास गरेको हुनु पर्छ ।

 

अहिले खुला गरिएको अवेदनको पद गएको १२ वर्षदेखि खाली थियो । यो हुलाकी जस्तै पद हो । यसमा छानिएको व्यक्तिले प्रहरीको टेलिकम विभागको सन्देश एक कार्यालयबाट अर्को कार्यालयमा लैजानु पर्छ । यो पदको आधारभूत लतब महिनाको २० हजार भारु रहेको छ ।

 

यो घटनाले भारतमा रहेको बेरोजगारीको भयावह अवस्थालाई दर्शाउँछ । केही समय अघि मात्रै भारतीय रेलवे सेवाका एक लाख पदमा दुई करोड भन्दा बढी युवाले आवदेशन दिएको खबर आएको थियो । यसरी आवेदन दिनेमा डाक्टर, इन्जिनियर तथा वकिल पनि थिए ।

२०७५ भदौ १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्