Tiwari Bhada Pasal

अनुशासित बन भन्दा निरंकुशता आयो भन्छन्: मोदी

एजेन्सी
अनुशासित बन भन्दा निरंकुशता आयो भन्छन्: मोदी

१८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय सरकारले अनुशासित बन भन्दा त्यसलाई निरंकुशता भन्ने गरिएको बताएका छन्।

 

आइतबार उपराष्ट्रपति तथा राज्य सभाका अध्यक्ष वैयन्का नायडुको पुस्तक सार्वजनिक समारोहमा बोल्दै मोदीले भारतमा अहिले अनुशासनलाई सजिलै अलोकतान्त्रिक भन्ने अवस्था रहेको बताए।

 

‘यदि कसैले सानो अनुशासनका लागि आग्रह गरे पनि त्यसलाई निरंकुश भनिन्छ। अनुशासित बन भन्दा यसलाई कसरी ब्याख्या गर्ने भनेर मान्छेहरू शब्दकोष लिएर बसेका हुन्छन्,’ मोदीले भने।

 

पछिल्लो समय मोदी सरकारले धेरै कुरामा अनुदारवादी चरित्र अवलम्बन गरेको भन्दै आलोचना हुने गरेको छ। प्रधानमन्त्रीले अनुशासनको कुरा गर्नु  झनै खतरनाक भएको आलोचकको धारणा छ।  


बिबिसी हिन्दी सेवासँग कुरा गर्दै पत्रकार एचके दुआले भनेका छन्- विद्यालयमा शिक्षकले अनुशासनको कुरा गर्नु सामान्य हो तर देशका सत्तामा बसेकाहरू जब अनुशासनको कुरा गर्न थाल्छन् त्यो खतरनाक हुन्छ।

 

‘सरकारले जब अनुशासनको कुरा गर्छ तब उसले केही कुरा नियन्त्रण गरिरहेको हुन्छ। इन्दिरा गान्धीले पनि संकटकाल लगाउनु पहिले अनुशासनको कुरा गरेकी थिइन्,’ दुआले भने।

 

सरकारले अनुशासनको कुरा उठाउँदा आममानिसमा खतरा हुने दुआको तर्क छ।

२०७५ भदौ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्