Hilsa Yatayat

कलाकार विष्ट सम्मानित

सेरोफेरो/काठमाडौं
कलाकार विष्ट सम्मानित

२२ भदौ । लोक संगीत क्षेत्रमा क्रियाशील संगीतकर्मी हरि बिष्ट मौलिक तीज श्रष्टा सम्मानबाट सम्मानित भएका छन् ।

 

नेपाली लोक परम्परा तथा मौलिक गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सहयात्रा नेपालले उनलाई सम्मान गरेको हो ।

 

राष्ट्रिय नाचघर जमलमा बिहिबार आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको छ । मौलिक श्रष्टा तथा उत्कृष्ट ७ तीज सृजना मध्ये बिष्टको माइतिको आश तीज गीतले विष्टलाई उक्त सम्मान दिलाएको हो ।

 

उनलाई अवार्ड ढाका टोपी तथा दोसल्ला ओढाएर नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ ।

 

विष्टसंगै मौलिक रचना सिर्जनामा योगदान दिने गायिका हरिदेवी कोइराला, सर्मीला गुरुङ, लक्ष्मी न्यौपाने, बिष्णु माझी, बिमाकुमारी दुरा र रिता थापा सम्मानित भएका छन ।

HB

२०७५ भदौ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्