Hilsa Yatayat

वीरेन्द्रनगरमा मतगणना जारी : छैटौं दिन बिहान १२ मा उदायो सूर्य

वीरेन्द्रनगरमा मतगणना जारी : छैटौं दिन बिहान १२ मा उदायो सूर्य

सेरोफेरो
६ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा मतगणना जारी छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार गत बैशाख ३१ गते मतदान भएको थियो । निर्वाचन आयोगले सोही दिनबाट मतगणना गर्न सकिने भनेतापनि सर्वदलीय बैठकले जेठ १ देखि मतगणना शुरु गर्ने निर्णय गरेको थियो ।


हाल सुर्खेतका नौ स्थानीय तहमध्ये आठको मतगणना सम्पन्न भएको छ । जिल्लाकै ठूलो नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगरमा भने पाँच दिन पाँच रात मतगणना गर्दा जम्मा १२ वडाको मत गनेर सकिएको छ । छैटौं दिन विहान मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार वीनपा १२ मा नेकपा एमालेको जित भएको छ ।

 

वीनपा १२ मा एमालेका लोकप्रसाद चालिसे फराकिलो मतअन्तरले विजयी भएका छन् । उनले काँग्रेसका बुद्धिप्रसाद सापकोटाभन्दा छ सय ५९ मत बढि ल्याई वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । चालिसेले एक हजार चार सय ८४ मत र सापकोटाले आठ सय २५ मत प्राप्त गरेका छन् । वडाअध्यक्ष चालिसेसहित उनको प्यानल विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

हालसम्मको मतगणनामा मेयर पदमा नेपाली काँग्रेसका उमेदवार देवकुमार सुवेदी अग्रस्थानमा छन् भने उपमेयरमा नेकपा एमालेकी मोहनमाया ढकाल अगाडि छन् । वीनपाका १६ वडामध्ये १३, १४, १५ र १६ को मतगणना गर्न बाँकी छ ।

२०७४ जेठ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्