Hilsa Yatayat

प्रचण्ड मोदी भेटः सगरमाथाको पानी 'मिनरल वाटर' बनाउनेबारे छलफल

सेरोफेरो
प्रचण्ड मोदी भेटः सगरमाथाको पानी 'मिनरल वाटर' बनाउनेबारे छलफल

तस्बिर : गुगल

२३ भदौ । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।

 

भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणका क्रममा भएका सहमति, दुई देशको आपसी हित र विकास निर्माणबारे छलफल भएको थियो ।


उनीहरुले नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्नेबारे पनि कुराकानी गरेको प्रचण्डको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

 

प्रेस नोटमा भनिएको छ, ‘कास्कीमा पोलिटेक्निकल इस्टिच्युट स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि कुराकानी भएको छ ।’

 

प्रचण्डले आफू प्रधानमन्त्रीका रुपमा भ्रमणमा आउँदा भएका सहमतिहरु पनि प्रधानमन्त्री मोदीलाई स्मरण गराएका छन् ।

 

प्रचण्डले शनिबार नै भारतीय विदेश मन्त्री सुषमा स्वराज र भारतीय कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेट गरेका छन् ।

२०७५ भदौ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्