Hilsa Yatayat

पुल बगाएपछि विद्यालय जान सास्ती

रत्न भण्डारी /हुम्ला
पुल बगाएपछि विद्यालय जान सास्ती

२४ भदौ । खापुनार्थ गाउँपालिका २ कारङ्ग गाउँको कारङ्गखोलामा रहेको काठेपुल बाढीले बगाउँदा तीन महिनादेखि विद्यार्थीहरु विद्यालय जान सास्ती व्यहोर्दै आएका छन् ।


गत जेठ २८ मा बाढीले वडा नं. १ कारङ्गगाउँ र रायागाउँमा जोड्ने पुल बगाएपछि विद्यार्थीहरु विद्यालय जान जोखिम व्यहोरीरहेका छन् ।

 

कारङ्ग गाउँबाट हुम्ला मावि रायमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका १४ जना विद्यार्थी महिनौंसम्म विद्यालय जान दुःख भोग्दै आएको कक्षा १० मा अध्ययनरत नविना शाही बताइन् ।


५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको ३० मिटर लम्बाइको उक्त काठे पुल बाढीले बगाएपछि कारङ्गगाउँमा स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय विवेक शाहीले बताए ।


पुल हुँदा बालबालिका आफैं विद्यलाय जाने गरेको तर अहिले हरेक दिन खोला तार्न जानु परेको शाहीले दुखेसो गरे । अभिभावकले नभ्याएको बेला विद्यालय जान नपाएको कक्षा ८ की विद्यार्थी सुनिता शाहीले बताइन् ।


खोलामा काठे पुल हुँदा घरबाट ३० मिनेटमा पुगिने विद्यालय अहिले तीन घण्टा लाग्ने गरेको विद्यार्थीहरुको गुनासो छ ।

२०७५ भदौ २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्