Hilsa Yatayat

तीज सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीक : राष्ट्रपति

सेरोफेरो/काठमाडौं
तीज सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीक : राष्ट्रपति

२७ भाद्र । नेपाली महिलाहरुको पर्व तीज नेपालको साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीक भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।

 

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिदै तीजले मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु पर्नेमा जोड दिएकी छन् ।

 

साथै राष्ट्रपति भण्डारीले बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने बिभिन्न चाडपर्वहरुले आफ्नै मौलिक मूल्य र मान्यताहरु सहित संस्कृति, कला, भेषभूषा, गीतसंगीतलाई संरक्षण तथा सम्बर्द्धन गरिरहेको स्मरण गराएकी छन् ।

२०७५ भाद्र २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्