Hilsa Yatayat

महिला र अपाङ्गता दाँज्न मिल्छ ?

सर्मीला बिसी

नेपालमा अहिले पनि बृद्ध व्यक्ति, महिला तथा बालबालीकालाई यात्रामा उभिएको देखेर आफु बसेको सिट छोडेर बस्न आग्रह गर्ने कमै व्यक्ति हुन्छन् । यस्तो स्वाभावलाई हामी सबैले संधैभरीका लागी संस्कारका रुपमा बसाल्न नसकेको कुरा सर्वबिदितै छ । पछिल्ला घटना क्रमहरुलाई हेर्दा कसरी असल र प्रतीष्ठित मान्छे बन्ने भन्ने होडमा मान्छेहरु शक्तिमान संगै सम्पतिवाला बन्न अनेक गतिविधिहरु गरिरहेको देखिन्छ ।


धन बिना शक्तिमा पुग्न सकिदो रहेनछ भन्ने विश्लेषण गर्दै कति युवा चाँडै पैंसा कमाउन गलत संगत र कार्यमा फसेको हामी सबैले देखिरहेका छौं, निरन्तर । राम्रा गुण र व्यवहारलाई संस्कारका रुपमा बसाल्न नसक्दा हाम्रा नयाँ पुस्ताले कति अफ्ठेरा झेल्नुपर्ने हो भन्न सकिने अवस्था छैन ।


केही समय अघि म यात्रा गरीरहेकी थिएँ । गाडीमा निकै भिड थियो । रातीको समय, गन्तव्यमा पुग्नेुपर्ने सबैलाई बाध्यता । बस्ने सिट थिएन तर पनि चढें । मलाई उभिएको देखेर एकछिनपछी सिटमा बसेकोे एकजना अधवैंसे व्यक्तिले आफू उठेर यहाँ बस नानी भन्नुभयो । एकपटक त मैले हैन बस्नुस मलाई ठिक छ भनें । उहाँले फेरी अनुरोध गर्नुभयो । त्यसपछी धन्यवाद भनेर म उहाँ बसेको सिटमा बसें ।


केहिबेरमा त्यहाँ गाईगुईऽऽ आवाज आयो । एकजना व्यक्तिले अलि ठूलो स्वरमा मलाई सिट छोड्ने व्यक्तिलाई भन्नुभयो ‘तपाई त कस्तो दानी, आफ्नो सिट पनि अर्कोलाई छोड्ने ।’ मलाई सिट छोड्ने व्यक्तिले भन्नुभयो ‘महिला र अपांगता एउटै कुरा हो त्यसैले सिट छोडेको ।’ म अचम्ममा परें । रिस पनि उठ्यो र भनें, हजुरले के भन्नु भएको ? कसरी महिला र अपाङ्गता एउटै हो ?


रातीको समय छ त्यसैले सिट छोडेको भन्नुस् न के भनेकी थिएँ अर्को व्यक्तिले भने ‘जसले ग¥यो धर्म उसैको फुट्यो कर्म, यो कलीमा त गुण नगर्नु बरै ।’ म झन ट्वाँ । त्यसपछि भने मलाई बोल्न मन लागेन । उनीहरुलाई लाग्यो होला बोल्न सकिन, हामीले जित्यौं । तर मैले अँध्यारोसंगै आफूलाई असुरक्षित महशुस गरें । केही समयमा मेरो ओर्लिने स्थान आयो र म ओर्लिएँ ।


माथीको संवाद हाम्रो समाजमा महिला प्रतिको सोच कस्तो छ भन्ने प्रष्ट्याउने एउटा प्रतिनिधि मात्र हो । यस्तै खालका सोच र चिन्तनबाट प्रेरीत बोलि व्यबहारहरु महिलाहरुले हरेक ठाउँमा सामना गर्नु पर्छ । यो संवादपछी म घोत्लीएँ । कसैको शारीरिक, मानसीक अपाङ्गता उसको कमजोरी हैन क्षमता हो भनेर उनीहरु माथी सकारात्मक सोच र व्यवहार गर भनेर भनिरहँदा किन मानिसहरु चुट्किला जसरी प्रस्तुत हुन्छन् ? त्यस्ता प्रहार फेरी किन महिला संग ल्याएर मिसाईन्छ ?


एकातिर महिला पुरुष एउटै हुन्, उनीहरुको जैविक भिन्नतालाई क्षमता संग तुलना गरीनु हुदैन भन्ने अर्कोतिर महिला र अपाङ्गता एउटै हुन् भन्ने सोचले यी दुबै क्षमताहिन हुन् भन्ने खालको मानसिकता बाट कहिल्यै नउठ्ने गरी ग्रसित सोचलाई कसरि नष्ट गर्ने भन्ने प्रश्न चुनौतिको रुपमा छ ।


यो प्रसंगमा कुरा गरिरहँदा मैले अपाङ्गता र अपाङ्गताभएका व्यक्तिलाई तिरस्कार गर्न खाजेकी हैन । कोही जन्मजात अपाङ्गता भएका हुन्छन् भने कोही विभिन्न दुर्घटनामा परेर अपाङ्गता भएका हुन सक्छन् । यसर्थ हामी जो कोहीलाई पनि समयले अपाङ्गता भएर बस्नुपर्ने बनाउन सक्छ । मेरो भनाईको आशय मात्र के हो भने फरक लिङ्ग एउटै जात हो भनेर गरीनुपर्ने बिश्लेषणलाई जात, धर्म, बर्ग र क्षमताको आधारमा बुझिँदा हाम्रो सन्तानलाई हामीले गलत मार्गदर्शन गराईरहेका छौ. । फेरी पनि शक्तिमान हुन र लैङ्गिक विभेदलाई नै घुमाउरो ढङ्गवाट सिकाईरहेका त छौं ।


किन अझै पनि महिलालाई यौनीकता, धर्म, संस्कार र सोचमा सम्मानित गराराउन सकेका छैनाँै ? धर्म र संस्कारमा भएका राम्रा पक्षलाई स्वीकार गर्नु पर्छ । नयाँ पुस्तालाई हामीले हस्तान्तरण गर्ने भनेकै संस्कृति र पर्यावरण हो । नराम्रा र कुनैै पनि मानविय तथा आर्थिक क्षती गर्ने चलन लाई छोड्नुपर्छ ।

२०७५ असोज ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्