Tiwari Bhanda Pasal

रारामा हुँदैछ सांगितिक महोत्सव, सहभागी हुन अनमोलको निम्तो

सेरोफेरो/सुर्खेत
रारामा हुँदैछ सांगितिक महोत्सव, सहभागी हुन अनमोलको निम्तो

६ असोज । अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले ‘रारा साहित्य तथा सांगितिक महोत्सव २०७५’ आयोजना गर्ने भएको छ । 

 

शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले आगामी कात्तिक १२ र १३ गते मुगु जिल्लाको रारा तालको छेउमा महोत्सव सञ्चालन हुने जानकारी दिए ।


अध्यक्ष शाहीले यूवा कवि नवराज पराजूलीज्यूले वाँसुरीको धुन सँगै कविता वाचन गर्ने, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्रि पंज्ञनी सहितका बहुचर्चित गायक, गायीकाहरुका गीतको प्रस्तुती रहने, स्थानिय झ्याउरे नृत्य प्रस्तुत गरिने, राष्ट्रिय गजलकारहरुले गजल वाचन गरिने बताए ।


उनका अनुसार महोत्सवमा कर्णाली क्षेत्रको सांस्कृतिक पहिचानजको रुपमा रहेको देउडा गीतलाई महिला र पुरुष बिच प्रतिष्पर्धा गराइने पनि कार्यक्रम रहेको छ ।


यसैगरी कर्णाली रारा पर्यटन वर्ष २०७५ लाई भव्य रुपमा सफल पार्नका लागि कार्यक्रको विहान सपनाको गन्तव्य रारा नामक म्याराथुन दौडको आयोजना गरिने, अनमोल स्मृति प्रतिष्ठानको आयोजनामा कालिकोट र जूम्ला जिल्लामा वाल स्वास्थ्य शिविर र विपन्न बालबालीकाका लागि शैक्षिक सामाग्री वितरण गरिने छ ।


सोही अवसरमा लियो क्लव अफ काठमाडौँको सहयोगमा कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका स्थित मष्टमाण्डु आधारभुत विद्यालयमा पुस्तकालय स्थापना सहयोग कार्यक्रम गरिने, जुम्ला तथा मुगु जिल्लाका साँस्कृतिक झाँकी प्रस्तुत गरिने छ ।


मुगु जिल्लबाट प्रतिनीधित्व गर्ने कर्णाली प्रदेशका सांसद दानसिंह परियारले महोत्सव सफल बनाउन सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


महोत्सवको सहआयोजकको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेत रहने छ ।

२०७५ असोज ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्