Tiwari Bhada Pasal

संविधान संसोधन हुन सकेन : अर्को बैठक बैषाख २१ गते सर्‍यो ।

संविधान संसोधन हुन सकेन : अर्को बैठक बैषाख २१ गते सर्‍यो ।

१७ बैशाख, काठमाडौं । संविधान संशोधन गर्ने तयारीका साथ आइतबार बसेको संसद बैठक कार्यसूचीमै प्रवेश नगरी बैशाख २१ गतेसम्मका लागि स्थगित भएको छ ।

संविधान संशोधन प्रस्तावलाइ कुनैपनि हालतमा पास हुन नदिन प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभिन्न साना दलहरुसंग तालमेल गर्न लागिरहेको छ । उता सरकार भने संशोधन जसरी पनि पास गराउने तयारीमा देखिन्छ ।
उता मधेसी मोर्चाले संविधान संशोधन नभइ स्थानीय तहको निर्वाचनमा भाग नलिने अडान कायम राखेको छ । दुइ चरणमा स्थानिय तहको निर्वाचन गर्ने सरकारको निर्णयअनुसार पहिलो चरणको चुनावका लागि उम्मेदवारी दर्ताको समय १९ गतेका लागि तोकिएको छ ।

आइतबार मध्याह्न १२ बजे बसेको बैठक पूर्वसांसद नुथुली सिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गर्दै वैशाख २१ गते बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो। सिंह २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका थिए।

प्रतिकृया दिनुहोस्