Hilsa Yatayat

स्कुल बस दुर्घटना, १५ विद्यार्थी घाइते

सेरोफेरो
स्कुल बस दुर्घटना, १५ विद्यार्थी घाइते

तस्बिर:अन्नपुर्ण पोष्ट

८ असोज । दाङमा तुलसीपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ ।


गोरखा माध्यमिक विद्यालय तुलसीपुरको रा १ क १९९ नम्बरको बस सोमबार दुर्घटना हुँदा कम्तिमा १५ विद्यार्थी घाइते भएका छन् ।


विद्यार्धीलाई घर छोडनको लागी ५० विद्यार्थी बोकेर तुलसीपुरबाट विजौरी जान लागेको बस तुलसीपुर उपमहानगरपालिका ६ मोतिपुरमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्कोटाले जानकारी दिए ।


उनका अनुसार सबै विद्यार्थीको उद्धार गरी घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लगिएको छ ।

२०७५ असोज ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्